नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेसको पदाकिारी बैठक जारी, उच्चस्तरीय छानबिन समितिबारे छलफल

५ भदौ, काठमाडौं । संसद खोल्ने विषयमा दलहरु सहमति नजिक पुगेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा सर्वदलीय बैठकमा भएको छलफलका बारेमा देउवाले जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन १० गतेदेखि लगातार संसद अवरोध रहँदा कांग्रेसभित्रै पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेको थियो । 

Extreme Energy

तर यो बिचमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानबिन समिति गठन गर्नुपर्ने आवश्यक नरहेको निर्णय गरेको थियो । संसदीय दलको निर्णय विपरित सर्वदलीय बैठकमा उच्च स्तरीय समिति बनाउन कांग्रेस सहमत भएपछि संसदीय दलमा हुनसक्ने बिरोधलाई मध्यनजर गर्दै सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । 

हिजो बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा समझदारी भएको थियो । समिति भने आज बस्ने सर्वदलीय बैठकले बनाउने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...