नेभिगेशन
सबै कुरा

आन्दोलनरत डाक्टर र सरकारबीच सहमति

७ असाेज, काठमाडाैँ : देशभरका स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने मागसहित आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने विषयमा सहमति भएको हो ।

Ncell
Extreme Energy

मंगलबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको वार्तामा हरेक स्वास्थ्य संस्थामा उपचारबारे गुनासो राख्ने उजुरी पेटिकाकाे व्यवस्था गर्ने, त्यस्तै कानुन विपरित गर्नेलाई कारबाही हुने सूचना राख्ने निर्णय भएको हो । 

मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको वार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, स्वास्थ्यमन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघका प्रतिनिधि उपस्थित थिए । 

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणविरुद्ध चिकित्सकहहरु काठमाडौँको माइतिघर लगायत देशका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । 

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेका थिए । उक्त घटनाले मणिपाल अस्पताल परिसरसमेत तनावपूर्ण भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड