नेभिगेशन
सबै कुरा

आन्दोलनरत डाक्टर र सरकारबीच सहमति

७ असाेज, काठमाडाैँ : देशभरका स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने मागसहित आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । 

आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने विषयमा सहमति भएको हो ।

City Express

मंगलबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको वार्तामा हरेक स्वास्थ्य संस्थामा उपचारबारे गुनासो राख्ने उजुरी पेटिकाकाे व्यवस्था गर्ने, त्यस्तै कानुन विपरित गर्नेलाई कारबाही हुने सूचना राख्ने निर्णय भएको हो । 

मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको वार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, स्वास्थ्यमन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघका प्रतिनिधि उपस्थित थिए । 

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणविरुद्ध चिकित्सकहहरु काठमाडौँको माइतिघर लगायत देशका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । 

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेका थिए । उक्त घटनाले मणिपाल अस्पताल परिसरसमेत तनावपूर्ण भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
मोडल भण्डारीको प्लास्टिक सर्जरीमा लापरबाही भएको अदालतको ठहर, ग्राण्डी सिटी अस्पताल र डाक्टरलाई ५७ लाख क्षतिपूर्ति भराउन आदेश

मोडल भण्डारीको प्लास्टिक सर्जरीमा लापरबाही भएको अदालतको ठहर, ग्राण्डी सिटी अस्पताल र डाक्टरलाई ५७ लाख क्षतिपूर्ति भराउन आदेश

मोडल वर्षा भण्डारीले आफ्नो जाँघको आकार मिलाउन गरिएको अप्रेशनमा अस्पताल र चिकित्सकले हेलचेक्र्याइँ गरेको भन्दै २०८१ चैतमा ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा निवेदन दर्ता...
सुक्खा आँखाको समस्या बढ्दो छ,  सावधानी अपनाउँ ः आँखा रोग विशेषज्ञ डा बन्दना

सुक्खा आँखाको समस्या बढ्दो छ, सावधानी अपनाउँ ः आँखा रोग विशेषज्ञ डा बन्दना

“धुवाँ, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा पनि सुक्खा आँखाको सम्भावना बढ्छ । यसैगरी, धुम्रपान गर्नेलाई पनि यो समस्याले सताउन सक्छ । मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता प्रविधिको...
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका...