नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगर भित्रका ११ सय २८ सहकारीका बचतकर्ताको बचत जोखिममा (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरको एक तथ्याङ्कले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका झण्डै २ हजार सहकारीहरू मध्ये आधा भन्दा बढी सहकारी संस्था र त्यसका बचतकर्ताको रकम जोखिममा रहेको औँल्याएको छ ।

सहकारीको नियामक निकायहरूसँग नियमित सम्पर्क र कानुनी रुपमा गरिनु पर्ने अद्यावधिकका कुनै पनि कामहरू नगरी ति सहकारीहरू सञ्चालनमा रहेको पाइएको महानगरको सहकारी विभाग प्रमुख ध्रुव काफ्लेले सिधाकुरालाई बताए ।

City Express

त्यस्ता सहकारीहरुले वार्षिक साधारण सभा, लेखा परिक्षण, संस्था नवीकरण लगायतका नियामकलाई जानकारी दिनु पर्ने विवरणहरू केही पनि तयार नगरेको महानगरले जनाएको छ । 

नियामकसँग सम्पर्क नै टुटेका त्यस्ता सहकारीहरू कसरी चलेका छन् रु तिनले सहकारीको मर्म बुझेकी बुझेनन् जस्ता विषय गम्भिर रहेको र त्यहाँ रहेको बचतको सुरक्षाबारे पनि नियामकलाई बेखबर बनाइएको महानगरको सहकारी विभाग प्रमुख काफ्लेले बताए । 

उनका अनुसार महानगरका कुल १९ सय ४० वटा सहकारीहरू दर्ता छन् । ति मध्ये  ११ सय २८ वटा सहकारीले नियमित अद्यावधिकको काम गरेका छैनन् । ति ममध्ये सबै भन्दा धेरै समस्या बचत तथा ऋण सहकारीमा देखिएको छ । काठमाडौँ महानगरपालिका सहकारी विभागको कार्यक्षेत्र भई अद्यावधिक भएका र नभएका सहकारी संस्थाहरूको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ‘अद्यावधिक नगर्नु भनेको उनीहरूले आफ्नो विवरण नियामक निकायमा पेश नगर्नु हो,’ काफ्लेले भने,‘ आफ्नो विवरण नै नियामकमा पेश नगरेका यस्ता सहकारीमा के भइरहेको छ भन्ने पनि यकिन भएन । बचतको सदुपयोग भए या भएन । ति संस्थाहरू सहकारीको मर्ममा चले या चलेनन् भन्ने पनि यकिन भएन ।’

महानगरको प्रतिवेदनअनुसार महानगर र सहकारी विभागमा दर्ता र क्षेत्राधिकार भएका तर काठमाडौँ महानगर भित्र सञ्चालनमा रहेका यस्ता सहकारीहरुमा समस्या देखिएको छ । 

कुल दर्ता संख्या मध्ये ८१२ वटा सहकारीले भने नियमित अद्यावधिक गराएका छन् । नगर भित्रका बचत तथा ऋण सहकारीतर्फका १५ सय ९५ सहकारी मध्ये ९४२ वटाले नियामकमा अद्यावधिक गराएका छैनन् । जम्मा  ६५३ वटाले मात्रै नियमित अद्यावधिक गराएका छन् । 

बहुउद्देश्यीय तर्फका २९८ सहकारी मध्ये १५४ ले आफूलाई अद्यावधिक गराएका छैनन् भने १४४ ले अद्यावधिक गराएका छन् । सहकारी विभागमा दर्ता भएका तर महानगरमा रहेका कृषि सहकारीहरु १४ मध्ये १० वटको अद्यावधिक भएको छैन् भने ४ वटाले अद्यावधिक गराएका छन् । 

विभाग मै दर्ता भएका तर काठमाडौँमा रहेको उपभोक्ता सहकारीका १४ मध्ये ४ वटाको मात्रै अद्यावधिक भएको छ १० वटाले अद्यावधिक गराएका छैनन् । विभागमै दर्ता रहेको स्वास्थ्य सहकारीका ३ वटाको अद्यावधिक भएको छ भने २ वटाको नभएको महानगरले जनाएको छ ।

यस्तै, शीप मुलकतर्फको विभागमै दर्ता  ३ वटा सहकारी मध्ये २ वटा अद्यावधिक भएका छन् भने एक सहकारीको अद्यावधिक भएको छैन् । पर्यटन तर्फको एक मात्रै दिगो सहकारीको अद्यावधिक भएको छ र श्रमिक तर्फको ३ मध्ये एउटाको अद्यावधिक भएको २ वटाको नभएको महानगरले जनाएको छ । २ वटा मात्रै रहेको शिक्षा सहकारी मध्ये दुवैको अद्यावधिक भएको छैन् ।

यस्तै, चिया सहकारी एउटा मात्रै रहेकामा त्यसको पनि अद्यावधिक भएको छैन्  । एउटा रहेको मात्रै साझा सहकारीको पनि अद्यावधिक नभएको पाइएको छ । सञ्चार तर्फको एउटा मात्रै सहकारीको पनि अद्यावधिक भएको छैन् । विविध तर्फका ४ वटा सहकारी मध्ये ४ वटाकै अद्यावधिक नभएको महानगरले जनाएको छ ।

अद्यावधिक नभएका सहकारीहरुको कारोबार, हैसियत नियामकको पहुँच नहुने भएकाले बचतकर्ता र सहकारी सदस्यहरू सचेत हुनुपर्ने पनि महानगरले औँल्याएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९...
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो...
यस्तो छ आजका लागि तोकिएका विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएका विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५०...
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ...