नेभिगेशन
सबै कुरा

वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु

उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुलता रहेको शहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । 

Ncell
Extreme Energy

अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने  कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् । 

इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा  विवाह समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा एक सय जनाको मृत्यु तथा  एक सय ५०  भन्दा बढी घाइते भएका जनाएको छ । इराकी  स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त सङ्ख्या एएफपीलाई पुष्टि गर्नुभएको छ । अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिदा घाइते भएका छन् । 

मङ्गलबार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।  प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ । 

दुलहा र दुलही पनि आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त भएको छैन । दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...

भर्खरै