नेभिगेशन
सबै कुरा

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१० असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि  दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ र दफा १५ को कानुनी व्यवस्थालाई सेवाग्राही एवं सरोकारवाला सबैले देखिने गरी जानकारीमूलक सूचना पार्टी ‘फ्लेक्स बोर्ड’ बनाई अस्पताल परिसरमा राख्न निर्देशन दिएको छ । 

Ncell
Extreme Energy

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ एसोसिएसन लगायतका विभिन्न स्वास्थ्यका ट्रेड यूनियनहरुबीच मङ्गलबार छलफल भएको थियो । 

उक्त छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । छलफलबाटै अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालको कुनै कमजोरी भएको लागेमा उजुरी गर्ने निकाय र प्रक्रियाबारे जानकारी गराउने तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई नागरिक बडापत्रमार्फत टाँस गर्ने निर्णय गरिएको थियो । 

छलफलले देशभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड