नेभिगेशन
सबै कुरा
ललितानिवास प्रकरण

ललितानिवास प्रकरण नेपाल र भट्टराईको बयान बयानमै सिमित

ललिता निवासको १४३ रोपनी जग्गा अतिक्रमण गरिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो प्रकरणमा सीआईबीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको घरमै पुगेर बयान लिएको थियो । यसअघि गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा उनीहरुसँग बयान नै लिन नपर्ने राय प्रस्तुत गरेको थियो । तर यो पटक भने सर्वोच्च अदालतको आदेशपछि बयान लिनैपर्ने बाध्यतामा सीआईबी थियो । 

Ncell
Extreme Energy

सर्वोच्चको आदेश अनुसार सीआईबीले बयान त लियो तर पूर्वप्रधानमन्त्रीद्वयको घरमै पुगेर बयान लिएपछि ‘होम सर्भिस’ भन्दै चर्को आलोचना भयो । 

अब सबैको पर्खाइ उनीहरु प्रतिवादी बन्छन बन्दैनन् भन्नेमा छ । तर सीआईबी स्रोतका अनुसार सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा नेपाल र भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन । यसले उनीहरुको बयान नाम मात्रको भएको बुझिएको छ । उनीहरुलाई साक्षीका रुपमा मात्र बयान गरिएको छ । 

यो प्रकरणमा सीआईबीले पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहसँग पनि बयान लिइसकेको छ । त्यस्तै पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार छन् । सीआईबीले यी चारैजना मन्त्रीलाई भने प्रतिवादी बनाउन सिफारिसकेको गरो छ । 

माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा २०६६ साल चैत २९ गते ललिता निवासको जग्गामा विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने निर्णय भएको थियो । तर त्यतिबेला ड्राइभर भाइचालगायत ५८ जना नक्कली मोही खडा गरी व्यक्तिको नाममा कायम गरिएको थियो । त्यतिबेला २५ रोपनी ७ अना जग्गा व्यक्तिको नाममा पुगेको देखिएको छ । सो बेला भौतिक योजना मन्त्रालयल मातहतबाट मोही कायम गराइएको थियो । जबकी उक्त कार्य भौतिक योजना मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दैनथ्यो । सो कार्य भूमिसुधार मन्त्रालय मातहत थियो । सो समय मौतिक पूर्वाधार मन्त्री थिए विजयकुमार गच्छदार थिए ।  उनीहरुले कायम गरेको मोही ड्राईभर भाइचाको विवरण भूमिसुधार कार्यालयको विवरण कतै भेटिदैन । अर्को मुख्य कुरा सार्वजनिक जग्गामा मोहीयानी हक खडा गर्नै मिल्दैन । तर क्षेत्राधिकार मिचेर कानून विपरित मोही करार गर्ने निर्णय भएपछि यो प्रकरणमा उनको नाम निरन्तर जोडिदै आएको छ । 

त्यसैगरी भट्टराईको पालामा पनि कहीँ कतै अस्तित्वमा नभएको पशुपति टिकिन्छा गुठीको नाममा जग्गा कायम गर्ने निर्णय भएको थियो । भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ असोज १८ गते सोही गुठीमा ३३ रोपनी सरकारी जग्गाको लगत कट्टा गरी सहमति प्रदान गर्ने निर्णय भएको देखिएको छ । उक्त समयमा अनाधिकृत मोही खडा गरी ४ रोपनी १२ आना जग्गा उक्त गुठीको नाममा पठाइएको देखिएको छ । 

उनीहरुको संलग्नताबारे अध्ययन प्रतिवेदनले स्पष्ट पारेपनि उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको थिएन । तर केही दिनअघि तर  सर्बोच्च अदालतले निर्देशनात्मक आदेश जारी गर्दै निर्णयकर्ताहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि उनीहरुको पनि बयान लिन दबाब बढेको थियो । बयान लिइएपनि प्रतिवादी भने बनाइएको छैन । 

सीआईबीले ललितानिवासको जग्गा ४ चरणमा हडपेर व्यक्तिको नाममा पु¥याइएको निष्कर्ष निकालेको छ । र चार ओटै फरक फरक प्रतिवेदन पेश गरेको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कप्तानगञ्जबाट सल्किएको आगो निभाउनेहरू

कप्तानगञ्जबाट सल्किएको आगो निभाउनेहरू

कप्तानगञ्ज र गोलबजारका तीन घरमा मृत्युको शोकधुन बज्यो । काखका कलिला सन्तान अस्ताए । आमाबाबु एवम् परिवारजनको छातीमा कहिल्यै निको नहुने वियोगको घाउ बस्यो । देवानगञ्ज र सिराहामा...
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...