नेभिगेशन
समाज

सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सञ्चारगृहहरुमा पनि क्षति पुगेको छ । आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोष्ट, थाहासञ्चार नेटवर्कलगायत सञ्चारगृहमा क्षति पुगेको छ । संरचनालाई प्रतीकात्मक रुपमा देखाएर सञ्चारगृहले सेवा दिई रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चारगृहमा भएको क्षतिको नेपाल पत्रकार महासङ्घले अनुगमन गरेको छ । सोमबार स्थलगत अनुगमन गर्दा सञ्चारकर्मीले भौतिक संरचना ध्वस्त भए पनि पत्रकारितालाई जीवित राखेर लोकतन्त्रको रक्षा गरेको महासङ्घले निष्कर्ष निकालेको छ । 

Ncell
Extreme Energy

यद्यपि आन्दोलनका क्रममा सञ्चारगृहका भौतिक संरचनामा क्षति पुग्नाका साथै पत्रकारहरुमाथि शारीरिक कुटपिट हुनु अत्यन्त निन्दनीय रहेको महासङ्घले जनाएको छ । 

आन्दोलनमा ठूलो भौतिक र शारीरिक क्षति पुगे पनि  सूचना प्रवाहमा पत्रकारिताको दायित्व कायम राख्नु प्रशंसनीय रहेको महासङ्घका अध्यक्ष निर्मला शर्माले बताइन । 

सञ्चारगृह र पत्रकारमाथि भएको क्षतिको अनुगमनको विस्तृत प्रतिवेदन केही समयपछि प्रकाशन गरिने महासङ्घका अध्यक्ष शर्माले जानकारी दिइन । उनका अनुसार कान्तिपुर, अन्नपूर्ण पोष्ट, कान्तिपुर एफएमलगायत केही सञ्चारगृहमा नियोजित ढङ्गले तोडफोड र आगजनी गरिएको पाइएको छ । 

त्यसैगरी उपत्यका बाहिर पनि पत्रकार र केही सञ्चारगृहमा क्षति पुगेको छ । जेनजीको आन्दोलनको बहानामा आ–आफ्नो स्वार्थ लिएका समूहले सञ्चारगृहमाथि तोकेर आक्रमण गरेको पाइएको उनले बताइन । महासङ्घको अनुगमनपछि सरकारसमक्ष घाइते पत्रकारहरुलाई तत्काल र दीर्घकालीन उपचारको व्यवस्था गर्नाका साथै मिडियामाथि भएको तोडफोडको क्षतिपूर्तिको माग गर्ने निर्णय गरेको अध्यक्ष शर्माको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...