नेभिगेशन
मुख्य समाचार

जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २३, २४ मा प्रदर्शनमा तत्कालिन सरकारले मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध गरेको ठहर गरेको छ । पार्टीले यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनुपर्ने माग राखेको छ । 

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको नृशंस दमन तथा हत्या मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनु पर्दछ।’ 

पार्टीले सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको जनाएको छ । प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टी नीति रहेको जनाइएको छ । 

यस्तो छ विज्ञप्तीको पूर्ण पाठः

वि.सं २०८२ भदौ ३०
ने.सं. ११४५ ञंलागा अष्टमी
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टी सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छौं । कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने हाम्रो नीति रहेको छ । 
विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको नृशंस दमन तथा हत्या मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनु पर्दछ। 
जेनजीको  प्रदर्शन घोषणा लगतै भदौ २२ गते नै हामीले विज्ञप्तिमार्फत् जेनजीले उठाएका मागहरुलाई यथोचित सम्बोधन गर्न अपिल गर्दै जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकारलाई खबरदारी गर्नुकासाथै पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी शान्तिपूर्वक ऐक्यबद्धता जनाउन आग्रह पनि गरेका थियौं । 
राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, कानूनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानमा प्रतिबद्ध छ । हाम्रा सदस्यहरु कुनै पनि खाले हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित नरहेको प्रष्ट पार्न चाहान्छौं । बर्बर दमन एवं नरसंहारबाट उत्पन्न असामान्य आवेग इतर शान्तिपूर्ण प्रदर्शनको अवसर छोपी नियतवश सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनी जस्ता आपराधिक गतिविधि संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं ।
मनिष झा
प्रवक्ता

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ ।...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला...