नेभिगेशन
समाज

जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २३, २४ मा प्रदर्शनमा तत्कालिन सरकारले मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध गरेको ठहर गरेको छ । पार्टीले यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनुपर्ने माग राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको नृशंस दमन तथा हत्या मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनु पर्दछ।’ 

Ncell
Extreme Energy

पार्टीले सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको जनाएको छ । प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने पार्टी नीति रहेको जनाइएको छ । 

यस्तो छ विज्ञप्तीको पूर्ण पाठः

वि.सं २०८२ भदौ ३०
ने.सं. ११४५ ञंलागा अष्टमी
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टी सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छौं । कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने हाम्रो नीति रहेको छ । 
विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको नृशंस दमन तथा हत्या मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानुनी कारवाही सुनिश्चित गरिनु पर्दछ। 
जेनजीको  प्रदर्शन घोषणा लगतै भदौ २२ गते नै हामीले विज्ञप्तिमार्फत् जेनजीले उठाएका मागहरुलाई यथोचित सम्बोधन गर्न अपिल गर्दै जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकारलाई खबरदारी गर्नुकासाथै पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी शान्तिपूर्वक ऐक्यबद्धता जनाउन आग्रह पनि गरेका थियौं । 
राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, कानूनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानमा प्रतिबद्ध छ । हाम्रा सदस्यहरु कुनै पनि खाले हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित नरहेको प्रष्ट पार्न चाहान्छौं । बर्बर दमन एवं नरसंहारबाट उत्पन्न असामान्य आवेग इतर शान्तिपूर्ण प्रदर्शनको अवसर छोपी नियतवश सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनी जस्ता आपराधिक गतिविधि संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं ।
मनिष झा
प्रवक्ता

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।

भर्खरै