नेभिगेशन
सबै कुरा

मङ्गलबार सहमतिमा आएका डाक्टरहरु पुनः आन्दोलनमा

११ असाेज, काठमाडाैँ : मङ्गलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत  डाक्टरहरुबिच सहमति भएपनि उक्त निर्णयप्रति असहमति जनाउँदै बिहिवार पुनः डाक्टरहरु सडक प्रदर्शनमा उत्रिएका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, मेडिकल काउन्सिल साथै चिकित्सकका प्रतिनिधिसमेतको रोहवरमा भएको छलफलमा २ बुँदे सहमति भएको थियो । जहाँ आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने तथा हरेक स्वास्थ्य संस्थामा उपचारबारे गुनासो राख्ने उजुरी पेटिकाको व्यवस्था गर्ने, कानुन विपरित गर्नेलाई कारबाही हुने सूचना सबैले देख्नेगरी राख्ने निर्णय भएको थियो । सोही अनुसार स्वास्थ्यमन्त्रालयले हिजो सबै स्वास्थ्य संस्थामा सूचना टाँसेर स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन समेत दिएको थियो ।

Ncell
Extreme Energy

तर सरकारले गरेको उक्त २ बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरूले आज पनि माइतीघरको सडकमा उत्रिएर विरोध जनाएका छन् ।

आन्दोलनमा उत्रिएका डाक्टरहरुले सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्ने वातावरण नपाएसम्म आन्दोलनरत रहने अडान राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड