नेभिगेशन
सबै कुरा

भरतपुरमा असल करदातालाई स्टिकर

१२ असाेज, चितवन : भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो ।

महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान थालेसँगै स्टिकर वितरण सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको थियो । करको दायरा आएकाहरूलाई स्टिकर वितरण गरिएको हो ।

महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँच रङका स्टिकर तयार भएको जनाउँदै उनले तीन स्टिकर टाँस्न सुरु गरिएको बताए । क्रमशः अन्य स्टिकरसमेत टाँस्दै जाने उनले बताए।

उनले भने, “करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरूको फार्ममा सोही स्टिकर टाँस्न सुरु गरेका छौँ ।” स्टिकरका आधारमा अनुगमन तीव्र बनाइने उनले बताए । वडा र टोल विकास समितिहरूलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

महानगरपालिकाले कर सङ्कलनका लागि ‘टास्कफोर्स’समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमनसमेत गरिने छ । महानगरमा उठ्नुपर्ने करको २० प्रतिशतमात्रै उठेको भन्दै उनले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाइने बताए । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उनले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए ।

गत आवमा एक अर्ब २५ करोड हाराहारीमात्रै राजस्व सङ्कलन भएको थियो । अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने जनाउँदै उनले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताए । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत बञ्चित हुने गरी योजना अघि सारिएको हो ।

चालु आवमा हालसम्म १७ करोड कर सङ्कलन भएको छ । महानगरप्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार असल करदाताकामा स्टिकर टाँस्न सुरु गरिएको छ । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताए । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।

महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रूपमा अघि बढाएको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

श्यामबहादुर दोङ २०७६ साउनदेखि जिल्ला समन्वय समिति मकवानपुरमा, दीपेशप्रसाद कलुवार २०७७ पुषदेखि पर्सागढी नगरपालिका पर्सामा, योगनारायण साह २०७७ चैतदेखि ब्रहम्पुरी गाउँपालिका सर्लाहीमा, रुपचन्द्र धराला २०७८ मंसिरदेखि त्रिपुरासुन्दरी नगरपालिका...
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...
रास्वपाको स्पष्टीकरणः 'संसद् रोक्न होइन, पीडितको न्यायका लागि आन्दोलन गरेका हौं'

रास्वपाको स्पष्टीकरणः 'संसद् रोक्न होइन, पीडितको न्यायका लागि आन्दोलन गरेका हौं'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूले संसद अवरुद्ध गर्नका लागि नभई भीजिट भिसा प्रकरणका पीडितले न्याय पाउनुपर्छ भनेर संसदमा आन्दोलन गरेको बताएको छ । पार्टीले बुधबार एक विज्ञप्ती सार्वजनिक...
महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

‘बिडम्बना यतिसम्म छ कि यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको कार्यालयमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ...

भर्खरै