नेभिगेशन
सबै कुरा

आगलागीमा चार घर नष्ट

१२ असोज, सप्तरी :  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

Ncell
Extreme Energy

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए । उनका अनुसार आगलागीका कारण करिब रू सात लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी, हनुमानगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।