नेभिगेशन
सबै कुरा

आगलागीमा चार घर नष्ट

१२ असोज, सप्तरी :  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

Dish Home
Global Ime Bank

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए । उनका अनुसार आगलागीका कारण करिब रू सात लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी, हनुमानगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

श्यामबहादुर दोङ २०७६ साउनदेखि जिल्ला समन्वय समिति मकवानपुरमा, दीपेशप्रसाद कलुवार २०७७ पुषदेखि पर्सागढी नगरपालिका पर्सामा, योगनारायण साह २०७७ चैतदेखि ब्रहम्पुरी गाउँपालिका सर्लाहीमा, रुपचन्द्र धराला २०७८ मंसिरदेखि त्रिपुरासुन्दरी नगरपालिका...
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...
रास्वपाको स्पष्टीकरणः 'संसद् रोक्न होइन, पीडितको न्यायका लागि आन्दोलन गरेका हौं'

रास्वपाको स्पष्टीकरणः 'संसद् रोक्न होइन, पीडितको न्यायका लागि आन्दोलन गरेका हौं'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूले संसद अवरुद्ध गर्नका लागि नभई भीजिट भिसा प्रकरणका पीडितले न्याय पाउनुपर्छ भनेर संसदमा आन्दोलन गरेको बताएको छ । पार्टीले बुधबार एक विज्ञप्ती सार्वजनिक...
महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

‘बिडम्बना यतिसम्म छ कि यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको कार्यालयमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ...

भर्खरै