नेभिगेशन
सबै कुरा

निर्वाचनमा पपुलर भोट ल्याउनेलाई सत्ता चलाउन दिऔँः विश्वप्रकाश शर्मा

काठमडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताएका छन् । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दावी नगर्न सुझाव समेत दिए । शर्माले सहकारी प्रकरणमा नाम आउने वितिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे । 

Marvel
Extreme Energy

‘सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ’, शर्माले भने ।

उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच बर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उहाले जोड दिए । उनले भने,  ‘सरकारको नेतृत्व गर्ने अधिकार पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...