नेभिगेशन
सबै कुरा

निर्वाचनमा पपुलर भोट ल्याउनेलाई सत्ता चलाउन दिऔँः विश्वप्रकाश शर्मा

काठमडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताएका छन् । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दावी नगर्न सुझाव समेत दिए । शर्माले सहकारी प्रकरणमा नाम आउने वितिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे । 

Ncell
Extreme Energy

‘सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ’, शर्माले भने ।

उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच बर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उहाले जोड दिए । उनले भने,  ‘सरकारको नेतृत्व गर्ने अधिकार पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
आज यी प्रदेशमा भारी वर्षा हुने

आज यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएका छन् ।