नेभिगेशन
सबै कुरा

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन

झापा। जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन् ।

Marvel
Extreme Energy

कार्यालयको तथ्याङ्कानुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए ।

प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् । यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप÷कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...