नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईं पक्राउ

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।  पक्राउ पूर्जी जारी भएको ४ दिनसम्म घरबाहिर ननिस्किएपछि आइतबार प्रहरीको टोली गेट नै नाघेर उनकाे घरमा प्रवेश गरेर उनलाई पक्राउ गरेकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

Ncell
Extreme Energy

व्यक्तिको चरत्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौँ जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर पूर्जी जारी भएको ४ दिनसम्म उनीहरु घरबाट बाहिर ननिस्किएपछि प्रहरी गेट नाघेरै घरभित्र प्रवेश गरेर पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गर्ने, अनेक आरोप लगाउने र सामाजिक संजालमा हाल्ने गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ । 

उनीहरुलाई साइबर ब्यूरो र भक्तपुर प्रहरी टोलीले पक्राउ गरेकाे हाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...