नेभिगेशन
सबै कुरा

पक्राउ पर्नुअघि पक्राउ पूर्जी खारेजको माग गर्दै प्रसाईंले साइबर ब्यूरोअघि गराएका थिए आन्दोलन

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रकाउ गरेका छन् । सामाजिक सञ्जालमा व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गरेको, अनेक आरोप लगाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीसहित केही युट्युबरविरुद्ध उजुरी परेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही उजुरीका आधारमा प्रकाउ पूर्जी जारी भएर पक्राउ परेका प्रसाईंले प्रकाउ गर्नुपूर्व प्रतिरक्षाका लागि साइबर ब्यूरो परिसरमा प्रदर्शन गराएका थिए । हिन्दु राष्ट्र र राजा फर्काउ अभियानको वकालत गर्दै आएका प्रसाईंले आइतबार दिउँसो आफूविरुद्धको प्रकाउ पूर्जी खारेजीको माग गर्दै  ‘राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नामक समूहका युवाहरुलाई उतारेर आन्दोल गराएका थिए । प्रकाउ पूर्जी जारी भएपछि घरबाहिर ननिस्किएका प्रसाईंले सो समूह पठाएर भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा आन्दोलन र निवेदन दर्ता गर्न लगाएका हुन् । उनकै आग्रहमा उक्त समूले ब्यूरोमा सामूहिक गिरफ्तारीको माग्दै निवेदन दर्ता गराएका हुन् । उनीहरुले प्रसाईंविरुद्ध झुठा मुद्दा चलाउन लागेको भन्दै आपत्ति जनाएका थिए ।

Ncell
Extreme Energy

‘प्रतिष्ठा र शक्तिको चरम दुरुपयोग गरि गरिब, सर्वहारा र भूईँमान्छेको आवाज बुलन्द गर्दै तिनै नागरिकको जीवन रक्षार्थ लागि परेका एक महान व्यक्तित्व श्री दुर्गा प्रसाईंज्यूप्रति गरिएको अमानवीय व्यवहारको घोर भत्सर्ना गर्दै अन्याय, अत्याचार, कालाबजारी, भष्टाचारविरुद्ध खबरदारी गर्दा फर्जी मुद्दामा पक्राउ पुर्जी जारी गर्ने निकम्मा सरकारको हामी घोर विरोध गर्दै झूठा मुद्दा तत्काल खारेजी गरियोस्’, राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको लेटरहेडमा लेखिएको निवेदनमा भनिएको छ, ‘अन्यथा अन्यायविरुद्ध आवाज बुलन्द गर्ने हामी सबै देशभक्त न्यायप्रेमी निम्न व्यक्तिहरु सामूहिक गिरफ्तारी दिने निर्णय गर्दै श्रीमानसमक्ष यो सामूहिक निवेदन पेश गर्दछौँ ।’

महाभियानका उपत्यका इञ्चार्ज बिष्णुजंग बस्नेतको नेतृत्वमा केही दर्जन युवाहरु प्रसाईंको समर्थनमा उत्रिएका थिए । प्रसाईंको पक्षमा आन्दोलनमा ती युवाहरु उत्रिएको केही समयमै प्रहरीले कमेरेटारस्थित प्रसाईंको घरबाटै उनलाई पक्राउ गरेको हो ।

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि १५ वर्षीय एक किशोरले गाउँका अगुवासँग सामूहिक सहयोगको प्रस्ताव राखे।
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...