नेभिगेशन
सबै कुरा

‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’- उपसभापति डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी र पार्टीका सभापति  विरुद्ध राज्यले दुई तिहाइको रवैया देखाएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ । पार्टी कार्यालयमा भेला भएका पार्टीका कार्यकर्तालाई केहीबेर अघि सम्बोधन गर्दै उपसभापति डोल प्रसाद अर्यालले यस्तो चेतावनी दिएका हुन् । 

सुशासन र भष्ट्राचार अन्त्य गर्दै जनताको जीवन बदल्ने निलो क्रान्ति सुरु गरेको पार्टीलाई ठूला र परम्परागत दलले घेराबन्दी गर्ने प्रयास गरेको उनले आरोप लगाए । ‘रास्वपा र पार्टी सभापति विरुद्ध दुई तिहाइको रवैया देखाईको छ, राजनीतिक प्रतिशोध साँध्न खोजिएको छ’ उपसभापति अर्यालले भने, ‘यो रवैयाप्रति माफी नमागे प्रतिवाद हुन्छ ।’ 

पार्टी र पार्टी सभापति विरुद्ध नियोजित रुपमा झुटा मुद्दा लगाउन खोजिएको उनले बताए । उपसभापति अर्यालले पार्टी कार्यकर्तालाई धैर्य हुन संयमता अपनाउन पनि आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

भर्खरै