नेभिगेशन
सबै कुरा

चीन पुगेका रास्वपा नेताहरुले रद्द गरे भ्रमण,आकस्मिक रुपमा नेपाल फर्किदै

काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिबिधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । 

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । आइतबार दिउसो २ बजे मात्रै चीनको नामजिङ पुगेको टोली सोमबार बिहानै काठमाडौ फर्कीने रास्वपाका उपसभापति स्वर्णिम वाग्लले बताए । 

'नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।'भ्रमण टोलीलाई नेतृत्व गरेका डा.स्वर्णिम वाग्लेले बताए ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

उनले आज दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

भर्खरै