नेभिगेशन
सबै कुरा

रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन, फसाउने षड्यन्त्र गरे प्रतिवाद गर्ने चेतावनी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । पार्टी नेता, कार्यकर्ता र समर्थकहरुले उनको समर्थनमा प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा उत्रिएका समर्थकहरुले सरकारले सहकारी पीडितलाई न्याय दिलाउन नसक्ने भएपछि रवि लामिछानेसँग प्रतिशोध साँध्ने प्रयास गरेको बताए । त्यस्तै उनीहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने तर सो बहानामा रविलाई फसाउने षड्यन्त्र गरे त्यसको प्रतिवाद गर्ने बताए । 

Marvel
Extreme Energy

उनीहरुले सहकारी पीडितलाई न्याय दे, फासिस्ट सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारासहित जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको कर्तुत लुकाउन सरकारले नियतवश रवि लामिछानेलाई पक्राउ गर्ने प्रयास गरेको उनीहरुको आरोप छ । त्यस्तै पार्टी सभापतिविरुद्ध प्रतिशोध साँध्ने काम भए आफूहरु चुप लागेर नबस्ने उनीहरुको चेतावनी छ । 

सरकारले कांग्रेस उपसभापति धनराज गुरुङलाई कारबाही गर्नुको सट्टा उनको ठगी लुकाउन प्रमाण नभएपनि जबरजस्ती पक्राउ गर्ने प्रयास गरेको उनीहरुको आरोप छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...