नेभिगेशन
सबै कुरा

रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन, फसाउने षड्यन्त्र गरे प्रतिवाद गर्ने चेतावनी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ । पार्टी नेता, कार्यकर्ता र समर्थकहरुले उनको समर्थनमा प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा उत्रिएका समर्थकहरुले सरकारले सहकारी पीडितलाई न्याय दिलाउन नसक्ने भएपछि रवि लामिछानेसँग प्रतिशोध साँध्ने प्रयास गरेको बताए । त्यस्तै उनीहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने तर सो बहानामा रविलाई फसाउने षड्यन्त्र गरे त्यसको प्रतिवाद गर्ने बताए । 

Ncell
Extreme Energy

उनीहरुले सहकारी पीडितलाई न्याय दे, फासिस्ट सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारासहित जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको कर्तुत लुकाउन सरकारले नियतवश रवि लामिछानेलाई पक्राउ गर्ने प्रयास गरेको उनीहरुको आरोप छ । त्यस्तै पार्टी सभापतिविरुद्ध प्रतिशोध साँध्ने काम भए आफूहरु चुप लागेर नबस्ने उनीहरुको चेतावनी छ । 

सरकारले कांग्रेस उपसभापति धनराज गुरुङलाई कारबाही गर्नुको सट्टा उनको ठगी लुकाउन प्रमाण नभएपनि जबरजस्ती पक्राउ गर्ने प्रयास गरेको उनीहरुको आरोप छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...