नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंलाई रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । दुर्गा प्रसाईंका समर्थकहरुले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रसाईँलाई रिहा गर्नुपर्ने माग राखेका छन् । प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । उनलाई आइतबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।साइबर ब्यूरोको नियन्त्रणमा रहेका प्रसाईँ भने अस्पताल भर्ना भएका छन् । स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप सम्बन्धी समस्या देखिएपछि प्रसाईँ वीर अस्पताल भर्ना भएका हुन् । 

Ncell
Extreme Energy

व्यक्तिको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौँ जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर पूर्जी जारी भएको ४ दिनसम्म उनीहरु घरबाट बाहिर ननिस्किएपछि प्रहरी गेट नाघेरै घरभित्र प्रवेश गरेर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गर्ने, अनेक आरोप लगाउने र सामाजिक संजालमा हाल्ने गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ । उनीहरुलाई साइबर ब्यूरो र भक्तपुर प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...

भर्खरै