नेभिगेशन
सबै कुरा

एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङको भव्य स्वागत

काठमाडौँ । २० औँ सिनियर एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङको भव्य स्वागत गरिएको छ । चीनको हाङ्जाउमा आयोजित उक्त प्रतियोगिता सकेर गुरुङ आज स्वदेश फर्किएकी हुन् । उनको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थल पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एरिका एसियाली सिनियर करातेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएकी थिइन् । फाइनल हारेपछि उनले रजत पदकमै चित्त बुझाउनुपरेको थियो । स्वागत कार्यक्रममा खेलाडी एरिकाले गुरुङले गोल्ड मेडल प्राप्त गर्ने लक्ष्यका साथ खेलेपनि रजत पदक प्राप्त भएको बताइन् । उनले आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् । 

Marvel
Extreme Energy

राखेप सदस्य सचिव घिसिङले आगामी दिनमा उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै अहिलेका पदक बिजेता खेलाडीहरुलाई छिटै पुरस्कार दिने बताए । एरिकाको अन्तराष्ट्रिय खेलमा सहभागीता र प्रशिक्षणको व्यवस्था राखेपले गर्ने उनले बताए । त्यस्तै कराँते महासंघका अध्यक्ष लामाले खेलाडीले गरेको प्रदर्शनसंगै नेपालका खेलको लक्ष्य निर्धारण भएको उल्लेख गरे । अव खेलाडीहरुले आफ्नो खेललाई थप बलियो बनाउदै लैजानुपर्नेमा उनले जोड दिए ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...