नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश

काठमाडौँ । दुर्गा प्रसाईलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाइको माग सहित दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ । अदालतले प्रसाईंलाई थुना मुक्त गर्न भने अस्वीकार गरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिट उपर सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाई भएको थियो । दुर्गा प्रसाईंको छोरा निराजन प्रसाईंले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाण्डौ समेत जनालाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा प्रसाईँलाई थुनामुक्त गर्न माग गरिएको थियो । 

Ncell
Extreme Energy

व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गरेको आरोपमा प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । उनलाई आइतबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।

व्यक्तिको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौँ जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...