नेभिगेशन
सबै कुरा

‘गोरखा मिडियामा रहेको बेला सहकारीबाट आएको रकमको कानुनी र नैतिक दायित्वबाट म भाग्दिनँ’ रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडियामा आफू जिम्मेवारीमा रहँदा गलत ढङ्गबाट आएको सहकारीको रकमको दायित्वबाट आफू नपन्छिने स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार पार्टी कार्यालयबाट फेसबुक प्रत्यक्ष प्रसारणमा जोडिदै उनले यस्तो बताएका हुन् । संसदीय समितिबाट पेश भएको छानबिन प्रतिवेदनले आफू सहकारी ठगीमा संलग्न रहेको कुनै प्रमाण नभेटिएको पुष्टि गरेको लामिछानेले बताए ।  

Ncell
Extreme Energy

‘सहकारी ठगेर गोरखा मिडियामा रकम ल्याउन आफू कतै संलग्न छैन् । समितिको यो कुरालाई सबैले स्वीकार गरौँ,’ लामिछानेले भने, ‘गोरखा मिडियामा आफू रहँदा अरु कसैले ल्याएको रकमको सन्दर्भमा समितिले भनेको कानुन बमोजिमको कारबाहीको सन्दर्भमा म पनि जिम्मेवार छु ।’ संसदीय समितिको कार्यादेशअनुसार सहकारीमा ठगी भए, नभएको हेर्न भनिएको तर अहिले त्यो भन्दा पनि पर गएर रवि लामिछानेलाई फसाउनका लागि सरकार र जिम्मेवार मिडियाबाट पटक पटक काम भएको उनले बताए । 

आफू सरकारी निकायले गर्ने अनुसन्धानलाई सघाउन सदैव तयार रहेको भन्दै उनले जबरजस्ती आफूलाई दोषी करार गर्न भएको प्रयत्न गलत भएको टिप्पणी गरे । 

लामिछानेले सरकारलाई छलछाम नगर्न उनले चेतावनी दिए । कानुन बमोजिम आफू जुनसुकै ठाउँमा उपस्थित हुन तयार रहेको भन्दै उनले आफू झोला ठिक पारेर बसेको पनि बताए ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् ।
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै