नेभिगेशन
सबै कुरा

‘गोरखा मिडियामा रहेको बेला सहकारीबाट आएको रकमको कानुनी र नैतिक दायित्वबाट म भाग्दिनँ’ रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडियामा आफू जिम्मेवारीमा रहँदा गलत ढङ्गबाट आएको सहकारीको रकमको दायित्वबाट आफू नपन्छिने स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार पार्टी कार्यालयबाट फेसबुक प्रत्यक्ष प्रसारणमा जोडिदै उनले यस्तो बताएका हुन् । संसदीय समितिबाट पेश भएको छानबिन प्रतिवेदनले आफू सहकारी ठगीमा संलग्न रहेको कुनै प्रमाण नभेटिएको पुष्टि गरेको लामिछानेले बताए ।  

Ncell
Extreme Energy

‘सहकारी ठगेर गोरखा मिडियामा रकम ल्याउन आफू कतै संलग्न छैन् । समितिको यो कुरालाई सबैले स्वीकार गरौँ,’ लामिछानेले भने, ‘गोरखा मिडियामा आफू रहँदा अरु कसैले ल्याएको रकमको सन्दर्भमा समितिले भनेको कानुन बमोजिमको कारबाहीको सन्दर्भमा म पनि जिम्मेवार छु ।’ संसदीय समितिको कार्यादेशअनुसार सहकारीमा ठगी भए, नभएको हेर्न भनिएको तर अहिले त्यो भन्दा पनि पर गएर रवि लामिछानेलाई फसाउनका लागि सरकार र जिम्मेवार मिडियाबाट पटक पटक काम भएको उनले बताए । 

आफू सरकारी निकायले गर्ने अनुसन्धानलाई सघाउन सदैव तयार रहेको भन्दै उनले जबरजस्ती आफूलाई दोषी करार गर्न भएको प्रयत्न गलत भएको टिप्पणी गरे । 

लामिछानेले सरकारलाई छलछाम नगर्न उनले चेतावनी दिए । कानुन बमोजिम आफू जुनसुकै ठाउँमा उपस्थित हुन तयार रहेको भन्दै उनले आफू झोला ठिक पारेर बसेको पनि बताए ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...