नेभिगेशन
सबै कुरा

विदेश बसेर रविको पक्षमा सामाजिक सञ्जालमा बोल्नेलाई सूर्य थापाले किन भने ‘भेज ग्रुप’ ?

काठमाडौँ । नेकपा एमालेका संसाद् एवम् सहकारी रकम अपचलन छानबिन सम्बन्धी समितिका पूर्वसभापति सूर्य थापाले विदेशमा रहेका रविका समर्थकहरूलाई भेज ग्रुप अर्थात भेडा जमातको संज्ञा दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी छानबिन सन्दर्भमा आफूहरूले बनाएको प्रतिवेदनबारे सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूलाई थापाले यस्तो आरोप लगाएका हुन् । 

Marvel
Extreme Energy

टिभी टुडे टेलिभिजनको अन्तरवार्ता कार्यक्रम चक्रव्यूहमा बोल्दै उनले आफूले अन्यत्र अन्तरवार्तामा बोलेको विषय र सहकारी छानबिन समितिको प्रतिवेदन सो जमातले तोडमोड गरेको उनको आरोप छ । 

‘यो कार्यक्रम मार्फत म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । भन्न चाहन्छु कि सामाजिक सञ्जालमा एउटा भेडा जमात छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्नेलाई म सल्युट गर्छु । तर, त्यो भेडा जमात के गर्छ भने प्रतिवेदन नपढी रवि लामिछानेलाई क्लिन चिट दिएको भन्छ,’ थापाले भनेका छन् ‘रविलाई क्लिन चिट पो बाँडिरहेको छ भेडा जमात । त्यो विदेशमा कहाँ बसिरहेको छ । नेपालमा के भइरहेको छ भन्ने पनि थाहा छैन् भेडा जमातलाई म त्यसलाई भेज ग्रुप भन्छु ।’ 

नेता थापाले सहकारी प्रतिवेदनबारे टिप्पणी गर्नपूर्व सबै प्रतिवेदन पढ्न पनि सर्वसाधारणलाई आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...