नेभिगेशन
सबै कुरा

विदेश बसेर रविको पक्षमा सामाजिक सञ्जालमा बोल्नेलाई सूर्य थापाले किन भने ‘भेज ग्रुप’ ?

काठमाडौँ । नेकपा एमालेका संसाद् एवम् सहकारी रकम अपचलन छानबिन सम्बन्धी समितिका पूर्वसभापति सूर्य थापाले विदेशमा रहेका रविका समर्थकहरूलाई भेज ग्रुप अर्थात भेडा जमातको संज्ञा दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी छानबिन सन्दर्भमा आफूहरूले बनाएको प्रतिवेदनबारे सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूलाई थापाले यस्तो आरोप लगाएका हुन् । 

Ncell
Extreme Energy

टिभी टुडे टेलिभिजनको अन्तरवार्ता कार्यक्रम चक्रव्यूहमा बोल्दै उनले आफूले अन्यत्र अन्तरवार्तामा बोलेको विषय र सहकारी छानबिन समितिको प्रतिवेदन सो जमातले तोडमोड गरेको उनको आरोप छ । 

‘यो कार्यक्रम मार्फत म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । भन्न चाहन्छु कि सामाजिक सञ्जालमा एउटा भेडा जमात छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्नेलाई म सल्युट गर्छु । तर, त्यो भेडा जमात के गर्छ भने प्रतिवेदन नपढी रवि लामिछानेलाई क्लिन चिट दिएको भन्छ,’ थापाले भनेका छन् ‘रविलाई क्लिन चिट पो बाँडिरहेको छ भेडा जमात । त्यो विदेशमा कहाँ बसिरहेको छ । नेपालमा के भइरहेको छ भन्ने पनि थाहा छैन् भेडा जमातलाई म त्यसलाई भेज ग्रुप भन्छु ।’ 

नेता थापाले सहकारी प्रतिवेदनबारे टिप्पणी गर्नपूर्व सबै प्रतिवेदन पढ्न पनि सर्वसाधारणलाई आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...