नेभिगेशन
सबै कुरा

लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा संसदीय समितिको चासो

लुम्बिनी । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालासँग छलफल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको लुम्बिनी गुरुयोजना कार्यान्वयनबारे समितिले छलफल गरेको हो । 

Marvel
Extreme Energy

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न बजेट अभाव भएको तथा बृहत्तर लुम्बिनी क्षेत्रको काम गर्नका लागि लुम्बिनी विकास कोष ऐन २०४२ संशोधनका लागि आवश्यक पहल गर्ने बताए । उनले लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा देखिएका चुनौतीसँगै गुरुयोजना विपरीत भएका काम, स्थानीयको मागका सम्बन्धमा पनि आफूहरुको ध्यान आकर्षण भएको बताए । 

सभापति शेर्पाले लुम्बिनी र सगरमाथा नै नेपालको पहिचान भएकाले सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारबाट बजेट आउन नसक्दा परियोजना पूरा गर्न कठिन भएको बताए। उनले कोषका पदाधिकारी गुरुयोजना कार्यान्वयन, लुम्बिनीमा आध्यात्मिक गतिविधि वृद्धि गर्नका लागि लागिपरेको भए पनि कोषको ऐनका कारण पनि खुम्चिनु परेको बताए ।  

कोषका सदस्य–सचिव सानुराजा शाक्यले गुरुयोजनाको करिब ८५ प्रतिशत काम पूरा भएको तर स्रोत सुनिश्चित गरिएको बजेट प्राप्त नहुँदा कार्यान्वयमा समस्या भएको बताए । उनले आव २०८०/८१ मा गुरुयोजनाको कामका लागि रु ४९ करोड भुक्तानीको दायित्व देखिएको तर रु ४४ करोड मात्रै बजेट निकासा भएको जानकारी दिए। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले स्थानीयको माग बमोजिम स्थानीय, प्रदेश र सङ्घीय सांसदलाई सहभागी गराउनेगरी ऐन संशोधन गर्न सुभाव दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...