नेभिगेशन
सबै कुरा

आर्थिक लेनदेनमा संलग्न रहेको आरोपमा भैँसेपाटीकी इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसियो

काठमाडाैँ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिसँग पैसा लिएको आरोपमा प्रहरी प्रभाग भैँसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । बलात्कारसम्बन्धी मुद्दामा ओरोपीसँग मिलेर उनले सो मुद्दा हनिट्रयापमा रूपान्तरण गरेको भन्दै जिम्मेवारीबाट हटाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्स्पेक्टर शाहीमाथि ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । सोही आरोपमा उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाइएको छ । उनीमाथि अनुसन्धान गर्न ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा समिति बनाइएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उक्त समितिको प्रतिवेदनका आधारमा शाहीलाई कारबाही गरिने वा नगरिने निक्र्यौल हुने एआईजी बज्राचार्यले बताइन् । 

Marvel
Extreme Energy

सोही प्रकरणमा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

शाही यसअघि पनि विवादमा तानिएकी थिइन् । बिनु कञ्चनपुर प्रहरीमा रहँदा एक प्रहरी जवानले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यस्तै समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २ जना पत्रकारलाई पक्राउ गरेपछि शाहीको चौतर्फी विरोध भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...