नेभिगेशन
सबै कुरा

आर्थिक लेनदेनमा संलग्न रहेको आरोपमा भैँसेपाटीकी इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसियो

काठमाडाैँ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिसँग पैसा लिएको आरोपमा प्रहरी प्रभाग भैँसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । बलात्कारसम्बन्धी मुद्दामा ओरोपीसँग मिलेर उनले सो मुद्दा हनिट्रयापमा रूपान्तरण गरेको भन्दै जिम्मेवारीबाट हटाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्स्पेक्टर शाहीमाथि ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । सोही आरोपमा उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाइएको छ । उनीमाथि अनुसन्धान गर्न ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा समिति बनाइएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उक्त समितिको प्रतिवेदनका आधारमा शाहीलाई कारबाही गरिने वा नगरिने निक्र्यौल हुने एआईजी बज्राचार्यले बताइन् । 

Ncell
Extreme Energy

सोही प्रकरणमा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

शाही यसअघि पनि विवादमा तानिएकी थिइन् । बिनु कञ्चनपुर प्रहरीमा रहँदा एक प्रहरी जवानले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यस्तै समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २ जना पत्रकारलाई पक्राउ गरेपछि शाहीको चौतर्फी विरोध भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...