नेभिगेशन
सबै कुरा

चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’

काठमाडौँ । सभापतिमाथि षड्यन्त्र हुन खोजेको भन्दै चीन भ्रमणबाट फर्किएका रास्वपा नेताहरुले सभापति रवि लामिछानेलाई मात्र पक्रन खोजे प्रतिवाद गर्ने बताएका छन् । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतितिक्रिया दिदै उनीहरुले सभापति लामिछानेलाई मात्र टार्गेट गर्नु गलत भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको प्रहार भएकाले प्रतिकार गर्ने बताए । ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’ वाग्लेले भने । 

Marvel
Extreme Energy

त्यस्तै कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउनका लागि आफ्ना सभापतिलाईमात्रै तार्गेट बनाउन खोजिएको भन्दै कुनै पनि राजनीतिक प्रतिशोधको कडा रुपमा प्रतिकार गर्ने बताए । सभापति लामिछानेलाई व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानविन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जवरजस्ती अपराधी बनाउन खोजिएको झाको भनाई छ । 

सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने पनि बताइएको छ । 

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका १४ नेतामध्ये ८ जना नेता फर्किएका हुन्। उससभापति स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा, गणेश पराजुली, तोसिमा कार्की लगायत नेताहरु आज फर्किएका हुन् भने बाँकी ६ जना भने भोलि फर्कने नेताहरुले बताएका छन्  

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । 

नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले उनीहरु भ्रमण छोट्याएर फर्किएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...