नेभिगेशन
सबै कुरा

चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’

काठमाडौँ । सभापतिमाथि षड्यन्त्र हुन खोजेको भन्दै चीन भ्रमणबाट फर्किएका रास्वपा नेताहरुले सभापति रवि लामिछानेलाई मात्र पक्रन खोजे प्रतिवाद गर्ने बताएका छन् । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतितिक्रिया दिदै उनीहरुले सभापति लामिछानेलाई मात्र टार्गेट गर्नु गलत भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको प्रहार भएकाले प्रतिकार गर्ने बताए । ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’ वाग्लेले भने । 

Ncell
Extreme Energy

त्यस्तै कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउनका लागि आफ्ना सभापतिलाईमात्रै तार्गेट बनाउन खोजिएको भन्दै कुनै पनि राजनीतिक प्रतिशोधको कडा रुपमा प्रतिकार गर्ने बताए । सभापति लामिछानेलाई व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानविन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जवरजस्ती अपराधी बनाउन खोजिएको झाको भनाई छ । 

सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने पनि बताइएको छ । 

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका १४ नेतामध्ये ८ जना नेता फर्किएका हुन्। उससभापति स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा, गणेश पराजुली, तोसिमा कार्की लगायत नेताहरु आज फर्किएका हुन् भने बाँकी ६ जना भने भोलि फर्कने नेताहरुले बताएका छन्  

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । 

नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले उनीहरु भ्रमण छोट्याएर फर्किएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...