नेभिगेशन
सबै कुरा

चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

Marvel
Extreme Energy

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार नौ सय २८ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार छ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब २८ अर्ब २१ करोड थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...