नेभिगेशन
सबै कुरा

आजदेखि ४ दिनसम्म भारी वर्षा हुने, शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विभागको बिहिबारको प्रक्षेपणअनुसार बिहिबारदेखि १३ गते आइतबारसम्म ४ दिन भारी वर्षा हुने भएपछि भोलि र पर्सि रात्रीकालिन बस नचलाउन आग्रह गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्राधिकरणले सो समयमा धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न , दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान आग्रह गरेको छ । 

CG

त्यस्तै नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, बादल गर्जेको र चट्याङ परिरहेको बेला रुखमुनि, बलेनी वा घरबाहिर नबस्न, विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्न समेत प्राधिकरणले आग्रह गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो

गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो

माइतीघर मण्डलामा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई आज साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन् ।
स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउने प्रचण्डको ठहर

स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउने प्रचण्डको ठहर

बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थीति हेर्दास्वच्छ निष्पक्ष चुनाव भए केहि स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताएका हुन ।