नेभिगेशन
सबै कुरा

खराब मौसमका कारण अधिकांश आन्तरिक उडान प्रभावित

काठमाडाैँ । अविरल वर्षाका कारण देशैभर आन्तरिक उडान प्रभावित भएकाे छ। शुक्रबार बिहानै देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानका लागि तोकिएका अधिकांश उडान मौसमका कारण रद्द र ‘डिले’ भएकाे विमानस्थलले जनाएकाे छ । खराब मौसम तथा कम भिजिविलिटीका कारण उडानहरु प्रभावित भएको सूचना विमानस्थलले यात्रुहरुलाई उपलब्ध गराएकाे छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुद्ध एअरले  पनि  आफ्नो नियमित उडानहरु प्रभावित भएकाे जनाएको छ । उक्त एअरका पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । आजको माउण्टेन फ्लाईटहरु पनि रद्द भएको सो कम्पनीले जनाएको छ । 

Ncell
Extreme Energy

विमानस्थल प्रशासनका अनुसार शुकबार लुक्लाका लागि उडान भर्ने तालिकामा रहेका समिट एअरका ३ र सिता एअरका ४ उडान रद्द भएका छन भने तारा एअरको उडान पनि डिले भएको छ । त्यस्तै सुर्खेतका लागि उडान भर्ने तालिकामा रहेको श्री एअरलाइन्सको एक र भरतपुरका लागि उडान भर्ने बुद्ध एअरका २ उडान समेत खराब मौसमकै कारण रद्द भएका छन् । 

शुक्रबार विराटनगरका लागि उडान भर्ने यति यअरको १ उडान रद्द भएको छ । त्यस्तै पोखराका लागि उडान भर्ने यति एअरको १ र बुद्ध एअरका ३ उडान डिले भएका छन् भने भरतपुर उडान भर्ने बुद्धकै १ उडान डिले भएको छ । 

त्यस्तै दाङ उडान भर्ने नेपाल एअरलाइन्सको एक उडान समेत डिले भएको छ । शुक्रबार नेपालगञ्ज, जनकपुर र भैरहवामा मात्र उडान भएका छन् ।

बिहिबारदेखि परेको भारी वर्षाका कारण नेपाली आकाशको भिजिबिलिटिका कारण उडान प्रभावित भएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...