नेभिगेशन
सबै कुरा

खराब मौसमका कारण अधिकांश आन्तरिक उडान प्रभावित

काठमाडाैँ । अविरल वर्षाका कारण देशैभर आन्तरिक उडान प्रभावित भएकाे छ। शुक्रबार बिहानै देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानका लागि तोकिएका अधिकांश उडान मौसमका कारण रद्द र ‘डिले’ भएकाे विमानस्थलले जनाएकाे छ । खराब मौसम तथा कम भिजिविलिटीका कारण उडानहरु प्रभावित भएको सूचना विमानस्थलले यात्रुहरुलाई उपलब्ध गराएकाे छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुद्ध एअरले  पनि  आफ्नो नियमित उडानहरु प्रभावित भएकाे जनाएको छ । उक्त एअरका पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । आजको माउण्टेन फ्लाईटहरु पनि रद्द भएको सो कम्पनीले जनाएको छ । 

Marvel

विमानस्थल प्रशासनका अनुसार शुकबार लुक्लाका लागि उडान भर्ने तालिकामा रहेका समिट एअरका ३ र सिता एअरका ४ उडान रद्द भएका छन भने तारा एअरको उडान पनि डिले भएको छ । त्यस्तै सुर्खेतका लागि उडान भर्ने तालिकामा रहेको श्री एअरलाइन्सको एक र भरतपुरका लागि उडान भर्ने बुद्ध एअरका २ उडान समेत खराब मौसमकै कारण रद्द भएका छन् । 

शुक्रबार विराटनगरका लागि उडान भर्ने यति यअरको १ उडान रद्द भएको छ । त्यस्तै पोखराका लागि उडान भर्ने यति एअरको १ र बुद्ध एअरका ३ उडान डिले भएका छन् भने भरतपुर उडान भर्ने बुद्धकै १ उडान डिले भएको छ । 

त्यस्तै दाङ उडान भर्ने नेपाल एअरलाइन्सको एक उडान समेत डिले भएको छ । शुक्रबार नेपालगञ्ज, जनकपुर र भैरहवामा मात्र उडान भएका छन् ।

बिहिबारदेखि परेको भारी वर्षाका कारण नेपाली आकाशको भिजिबिलिटिका कारण उडान प्रभावित भएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...