नेभिगेशन
सबै कुरा

काठमाडाैँमा दशैँका लागि करिब ४ हजार प्रहरी परिचालन, ड्रोनबाट निगरानी

काठमाडाैँ । नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ । जसमा प्रहरीले करिब ४ हजार प्रहरी परिचालन गर्ने भएको छ भने नियमित ड्रोनबाट निगरानी गर्ने बताएको छ । 

Marvel

चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चूनौतिहरु पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उनले बताए ।  जनमानसमा सुरक्षकार्मीको सहज पहुँच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको रजौरेले बताए । 

उनले एरिया विभाजन गरि १४ जना प्रहरी नायव उपरिक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने जिकिर गरे । सवारी गस्तीमा इ–क्युआरटी ७६ र २४ वटा मोवाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ । त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...