नेभिगेशन
सबै कुरा

महोत्तरी सदरमुकामस्थित पुरानो माछा बजारमा भीषण आगलागी

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ पुरानो माछा बजारस्थित एक घरमा आगलागी भएको छ । जलेश्वर २ निवासी विपति साहको घरमा सटर भाडा अरविन्द साहले संचालन गरेको खुस्बु टेण्ट हाउसमा शुक्रबार अपरान्ह १२ बजेतिर आगलागी भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागी भएको केही समयमै जलेश्वर नगरपालिकाको वारुण यन्त्र घटना स्थलमा पुगेको थियो तर एउटा मात्र वारुण यन्त्रले आगो नियन्त्रणमा लिन नसकेपछि मटिहानी र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र बोलाइएको थियो । तीनओटा बारुण यन्त्र, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको प्रयासपछि बल्ल आगो नियन्त्रणमा आएको थियो । 

Marvel

आगलागीका क्रममा ग्यास सिलिण्डर पड्किएकोले आगो थप फैलिएको स्थानीयको भनाई छ । आगलागीबाट भएको क्षतिको विवरण आईसकेको छैन भने आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...