नेभिगेशन
सबै कुरा

तीन दिनदेखि हराइरहेको बस झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशङ्का*

काठमाडौं । गोरखाबाट शुक्रबार छुटेकाे बस ३ दिनदेखि सम्पर्क विहीन छ। शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौकालागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म सम्पर्कमा नआएको बस संचालक समितिले जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दरौदी यातायात प्रालीका अध्यक्ष नारायण खत्रीका अनुसार गोरखबाट छुटेको बस शुक्रबार राति १० बजे खानीखोलासम्म पुगेको जानकारी आएका तर त्यसपछि बसमा सवारी कसैसँगपनि सम्पर्क भएको छैन । बसमा ९-१० जना यात्रु भएको खत्रीको भनाई छ ।

Ncell
Extreme Energy

शनिबार साँझ मात्रै नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा बुटवलबाट काठमाडौ आउँदै गरेको वीङ्गर भ्याने पुरिएको अवस्थामा भेटिएको थियो । उक्त वीङ्गर भ्यान सवार १४ जनाको शव भेटिएको थियो । खानीखोला प्रहरी चौकीका इन्चार्ज हेमन्त थपलियाका अनुसार वीङ्गर भ्यान सहित अन्य सवारी पनि पुरिएको आशङ्का गरिएको थियो । थापाका अनुसार सोही स्थानको पहिरोमा अर्को बस पनि पुरिएको देखिएको छ ।

सोही स्थानमा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीको र्याट टिमका उपप्रमुख आशिस थापाका अनुसार वीङ्गर भ्यान पुरिएको नजिकै बसको टायर देखिएको छ । भने अर्को कारको जस्तो पाटपुर्जा पनि देखिएको छ । गोरखाबाट काठमाडौँका लागि छुटेको बस र चितवनबाट छुटेको माइक्रो पनि सोही पहिरोमा पुरिएको आशङ्का गरिएको छ ।

चितवनबाट आएकाे माइक्राे पनि बेपत्ताबारे समितिहरुसँग बुझ्ने प्रयास गर्दा पुष्टि हुन नसकेकाले सच्याइएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

‘ओलीलाई अध्यक्षबाट हटाउने हल्ला निराधार, अब बालेन सरकारविरुद्ध आन्दोलन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने चर्चा निराधार भएको बताएका छन् ।
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।