नेभिगेशन
सबै कुरा

झ्याप्ले खोलाकाे पहिराेमा पुरिएकाे बसबाट तीनवटा शव निकालियाे

काठमाडौं । धादिङको झ्याप्ले खोलामा आइतबार थप तीन वटा शव भेटिएका छन् । भेटिएका शव गोरखबाट शुक्रबार काठमाडौका लागि छुटेका बसका यात्रुको हुन सक्ने प्रहरीले जनाएको छ । शनिबार साँझ मात्रै सोहि स्थानमा बुटवलबाट आउँदै गरेको वीङ्गर भ्यानमा सवार १४ जनाको शव भेटिएको थियो । सोहि स्थानमा अर्को बसपनि पुरिएको अवस्थामा भेटिएको छ । अहिले उद्धार जारी छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखबाट काठमाडौकालागि छुटेका बस शुक्रबार देखि सम्पर्क विहिन भएका छन् । शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौकालागि छुटेको ना ४ ख २२७० नम्बरको बस रअहिलेसम्म सम्पर्कमा नआएको बस संचालक समितिले जनाएका छन् ।

Marvel

दरौदी यातायात प्रालीका अध्यक्ष नारायण खत्रीका अनुसार गोरखबाट छुटेको बस शुक्रबार राति १० बजे खानीखोलासम्म पुगेको जानकारी आएका तर त्यसपछि बसमा सवारी कसैसँगपनि सम्पर्क भएको छैन । बसमा ९(१० जना यात्रु भएको खत्रीको भनाई छ ।

शनिबार साँझ मात्रै नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा बुटवलबाट काठमाडौ आउँदै गरेको वीङ्गर भ्याने पुरिएको अवस्थामा भेटिएको थियो । उक्त वीङ्गर भ्यान सवार १४ जनाको शव भेटिएको थियो । खानीखोला प्रहरी चौकीका इन्चार्ज हेमन्त थपलियाका अनुसार वीङ्गर भ्यान सहित अन्य सवारी पनि पुरिएको आशङ्का गरिएको थियो । थापाका अनुसार सोही स्थानको पहिरोमा अर्को बस पनि पुरिएको देखिएको छ ।

सोही स्थानमा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीको र्याट टिमका उपप्रमुख आशिस थापाका अनुसार वीङ्गर भ्यान पुरिएको नजिकै बसको टायर देखिएको छ । भने अर्को कारको जस्तो पाटपुर्जा पनि देखिएको छ । गोरखाबाट काठमाडौँका लागि छुटेको बस र चितवनबाट छुटेको माइक्रो पनि सोही पहिरोमा पुरिएको आशङ्का गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै  त्रिवि क्रिकेट मैदान

सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै  त्रिवि क्रिकेट मैदान

रोलर प्रयोग गरेर पानी हटाउने काम गरिएको हो । सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोस्ने र मैदानलाई छिटो सुकाउन मद्दत गर्छ ।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...