नेभिगेशन
सबै कुरा

झ्याप्ले खोला पहिरो : मृतककाे संख्या ३५ पुग्यो

काठमाडौँ । धादिङको झ्याप्ले खोलाको पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सडकमाथिबाट झरेको पहिरोले सडकमा रहेका यात्रुबाहक सवारी पुरिएको थियो । शनिबारदेखि चलेको उद्धाररका क्रममा हालसम्म ३५ जनाको शव निकालिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार १४ वटा शव निकालिएको थियो । उक्त शव बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ४५७८ नम्बरको वींगर गाडीका यात्रुको थियो । 

Marvel

त्यस्तै आज नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ । सोही पहिरोमा पुरिएको गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । 

उक्त पहिरोमा परि मृत्यु हुनेमा २५ पुरुष छन् भने १० महिला रहेका छन् । पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ ।

दुर्घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौँ र धादिङको प्रहरी परिचालन गरिएको छ भने नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै  त्रिवि क्रिकेट मैदान

सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै  त्रिवि क्रिकेट मैदान

रोलर प्रयोग गरेर पानी हटाउने काम गरिएको हो । सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोस्ने र मैदानलाई छिटो सुकाउन मद्दत गर्छ ।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...