नेभिगेशन
सबै कुरा

झ्याप्ले खोला पहिरो : मृतककाे संख्या ३५ पुग्यो

काठमाडौँ । धादिङको झ्याप्ले खोलाको पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सडकमाथिबाट झरेको पहिरोले सडकमा रहेका यात्रुबाहक सवारी पुरिएको थियो । शनिबारदेखि चलेको उद्धाररका क्रममा हालसम्म ३५ जनाको शव निकालिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार १४ वटा शव निकालिएको थियो । उक्त शव बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ४५७८ नम्बरको वींगर गाडीका यात्रुको थियो । 

Ncell
Extreme Energy

त्यस्तै आज नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ । सोही पहिरोमा पुरिएको गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । 

उक्त पहिरोमा परि मृत्यु हुनेमा २५ पुरुष छन् भने १० महिला रहेका छन् । पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ ।

दुर्घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौँ र धादिङको प्रहरी परिचालन गरिएको छ भने नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...