नेभिगेशन
सबै कुरा

बागमती पुल नजिक खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

१४ असाेज, काठमाडाैँ : काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । 

नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

Global Ime Bank

उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।