नेभिगेशन
सबै कुरा

काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

१४ असाेज, काठमाडाैँ : आइतबार पुनः काठमाडाैँका चिकित्सक र स्वास्थ्कर्मीमाथि कुटपिट भएको छ । 

आइतबार मध्यरात १ बजेतिर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक र स्वास्थ्कर्मीलाई कुटपिट भएको हो। 

CG

डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भन्दै नेफ्रो विभागका ओपीडी डा. मनिष खड्कासहित इन्टर्नमा रहेकाहरुमाथि कुटपिटमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्। 

उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ। 

त्यसो त स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएर काठमाडौँको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना...