नेभिगेशन
सबै कुरा

काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

१४ असाेज, काठमाडाैँ : आइतबार पुनः काठमाडाैँका चिकित्सक र स्वास्थ्कर्मीमाथि कुटपिट भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार मध्यरात १ बजेतिर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक र स्वास्थ्कर्मीलाई कुटपिट भएको हो। 

Ncell
Extreme Energy

डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भन्दै नेफ्रो विभागका ओपीडी डा. मनिष खड्कासहित इन्टर्नमा रहेकाहरुमाथि कुटपिटमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्। 

उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ। 

त्यसो त स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएर काठमाडौँको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड