नेभिगेशन
सबै कुरा

नेपालमै पहिलोपटक आफ्नै पहलमा विदेशका विभिन्न होटलमा इन्टर्नशिप विद्यार्थी पठाउँदै पद्मकन्या क्याम्पस (भिडियाेसहित)

१४ असाेज, काठमाडाैँ :छात्राहरुले मात्र पढ्ने पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई विभिन्न तारे होटल, रेस्टुराँ साथै दुबई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउने भएको छ । यो प्रयास नेपालमै पहिलोपटक भएको क्याम्पसको दाबी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

क्याम्पसले आफ्ना प्रथम समूहका विद्यार्थीलाई आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी नेपाल, दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन सफल भएको दाबी समेत गरेको छ । 

जुन कार्यक्रमअन्तर्गत हरिकला भुसाल लगुना बिच रिसोर्ट तथा स्पा बहराईनमा वेटर्स इन्टर्नशिप छात्रवृत्ति र रश्मि पौडेल सोही रिसोर्टमा फुड एण्ड वेभरेज सर्भिस इन्टर्नशीप छात्रवृत्तिमा गएका छन् ।

यसैगरी, निशा खत्री लगुना बिच रिसोर्ट तथा स्पा बहराईनमा रिसेप्सनिष्ट इन्टर्नशीप छात्रवृत्ति, प्रतीक्षा भण्डारी सोही रिसोर्टमा फुड एण्ड वेभरेज सर्भिस इन्टर्नशिप छात्रवृत्तिमा छन् ।

यस्तै, रिजा श्रेष्ठ र रोजिना खड्का हायात रेजेन्सी दुवई र गेलेरिया दुवईमा अपरेशन इन्टर्न कुलिनरी किचन इन्टर्नशिप छात्रवृत्तिमा रहेको जनाइएको छ ।

अर्की विद्यार्थी सोनिया चेम्जोङ मेरियट होटेल काठमाडौंमा फुड एण्ड वेभरेज सर्भिस प्लेसमेण्ट सपोर्ट तथा निरमाया चौधरी थारु रेडिसन होटल काठमाडौंमा फुड एण्ड वेभरेज सर्भिस प्लेसमेण्ट सपोर्ट छात्रवृत्तिमा छन् ।

विदेशमा इन्टर्नशिपका लागि पठाउँदा प्रतिविद्यार्थी ७५ हजार रुपैयाँ छात्रवृत्ति क्याम्पसले उपलब्ध गराएको थियो । अन्य खर्च भने नियमानुसार विद्यार्थी स्वयंले बेहोरेका छन् । 

क्याम्पसले सुरु गरेका यस्ता व्यावसायिक कक्षाका लागि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिइएको क्याम्पसले जनाएको छ । ‘हस्पिटालिटी सफ्ट स्किल्स’ अन्तर्गत ननक्रेडिट कोर्षमा दुई महिने ‘प्रोफेसनल इंगलिस ल्याङग्वेज कोर्ष’ पद्मकन्याका प्राध्यापक, होटेल एसोसिएसन नेपाल, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुले अध्यापन गराउने गरेका छन् ।

जहाँ ननक्रेडिट कोर्षअन्तर्गत बारिष्टा तालिम, बार टेण्डिङ एण्ड मिक्सोलजी, आइस कार्भिङ, फ्रुट एण्ड भेजिटेवल कार्भिङ वर्कशप रहेका छन् ।

विद्यार्थीलाई होटल, पर्यटन एवम् सम्बन्धित अन्य व्यवसायमा आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले वि.सं २०७६ सालमा वीएचएम कार्यक्रम शुरु गरेको यस क्याम्पसले उक्त कोर्स सकेका विद्यार्थीलाई इन्टर्नशिपका लागि देशभित्र र देशबाहिर पठाउने बताएको हो ।

विद्यार्थीहरुले आफू भर्ना भएका कलेजहरुमा अध्ययन सम्पन्न गरेपछि एक वर्ष स्वदेशी तथा विदेशी होटल एवं पर्यटन क्षेत्रमा इन्टर्नशिपका लागि जानुपर्छ भन्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको क्याम्पसले जनाएको छ । 

इन्टर्नशिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरुले नै विद्यार्थीलाई विदेशका विभिन्न होटलसँग सम्झौता गरेर पठाउन थालिएको हो । 

त्यस्तै क्याम्पसले वीएचएमका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्तिका विभिन्न योजना ल्याएको छ । जसअन्तर्गत त्रिवि पूर्ण छात्रवृत्ति योजनामा १० प्रतिशत विद्यार्थी, होटल तथा पर्यटन व्यवसायको सहकार्यमा स्थापित जेहेन्दार छात्रा छात्रवृत्ति अन्तर्गत १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति, जेहेनदार छात्रा प्रोत्साहन छात्रवृत्तिअन्तर्गत सेमेष्टर सत्रान्त परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहन छात्रवृत्ति दिइने जनाएको छ ।

यस्तै, स्थानीय निकाय छात्रवृत्तिअन्तर्गत गरिव तथा विपन्न एवं सीमान्तकृत समुदायका छोरीको उच्च शिक्षामा पहुँच वृद्धि गर्नका लागि क्याम्पस र स्थानीय निकायको समन्वयमा छात्रवृत्ति कार्यक्रम सञ्चालित रहेको क्याम्पसले जनाएको छ । यसैगरी, विश्वविद्यालय अनुदान आयोगले पनि विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

अन्य छात्रवृत्तिको लागि सरकारी निकाय एवं गैरसरकारी संघ संस्थासँग आवश्यक पहल भइरहेको उपप्राध्यापक उमेश रेग्मीले बताए । विभिन्न निकायमा भविष्यमा सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा वीएचएम अध्यापन गराउने क्याम्पसको योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...

भर्खरै