नेभिगेशन
सबै कुरा

नेसनल पेमेन्ट गेटवेमा भ्रष्ट्राचार आरोपमा वाणिज्य सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर

१५ असोज काठमाडौं । नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव, टेलिकमका प्रबन्ध निर्देशकसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटबे हालसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नपारी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर रु २५ करोडमा खरिद गरी गराई सरकारको सम्पत्ति गैरकानुनी तवरले हानि नोक्सानी तथा रकमको दुरुपयोग गरेको पाइएकाले आयोगले मुद्दा दायर गरेको हो ।

Extreme Energy

आयोगले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन उपकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, उपनिर्देशक सफल श्रेष्ठविरुद्ध पनि आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा, कम्प्युटर इञ्जिनियर रामशरण गायक समेतको मिलेमतोमा नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले पूर्वसचिव शर्मा, टेलिकमका प्रबन्ध निर्देशक पौडेल, बुढा, पोखरेल र सचिव मरासिनीलगायतलाई रु २३ करोड २७ लाख ५८ हजार ७७ बराबरको छ । त्यस्तै, आयोगले केन्द्रका उपनिर्देशक सफल श्रेष्ठविरुद्ध रु १७ लाख ९९ हजार सात सय, लेखा अधिकृत निमबहादुर वलीविरुद्ध रु ८९ लाख ७७ हजार तीन सय ९७ बराबरको बिगो दाबी गरेको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...