नेभिगेशन
सबै कुरा

अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै कृषक

१५ असोज, । उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएपछि हर्षित भएका किसान धान नफलेपछि निरास भएका छन् । “केही धान पसाइसक्यो, केही पसाउने तयारीमा छन्, कोही त पसाउला जस्तो नि लाग्दैन”, किसान मोहन दनुवारले भने, “छिमले भयो पहिलाको पाकेर झर्दा अरु पसाउला जस्तो छ ।” गत वर्ष नगरपालिकाले दिएको धानको बीउले राम्रो उत्पादन दिएपछि यसपटक २५ कट्ठामा रामधान जातको बीउ लगाएको उनले बताए । 

Ncell
Extreme Energy

कटारी–३ ताराघारीका अमित श्रेष्ठले पनि गत वर्ष रामधान जातको बीउ नगरपालिकाबाट ल्याएर दुई कट्ठामा परीक्षणका रुपमा लगाएका थिए । “त्यतिबेला प्रशस्त फल्यो हौसिएर यस वर्ष १५ कट्ठामा अनुदानमा बीउ लगाए”, उनले भने, “यस वर्ष त धान त फल्नेभन्दा पनि कोही फल्ने कोही फल्दै नफल्ने बिरुवा मात्रै बढ्ने भयो ।” पचास प्रतिशत अनुदानमा प्रतिकिलो रू ३३ का दरले बीउ लिएका कृषक अहिले धानको अवस्था देखेर चिन्तामा डुबेका छन् । “यस्तो लापर्वाही पनि कृषकसँग गर्नुहुन्छ ?”, कृषक दनुवारले भने, “कृषक त मरेजस्तै भयो । यस वर्ष यसको क्षति कसले व्यहोर्ने ?”

कृषक श्रेष्ठले किसानलाई आर्थिक भार पर्ने भएकाले राहत पाउनुपर्नेमा जोड दिए। “वर्षभरि खानुपर्ने धान नफलेपछि हामीलाई क्षतिपूर्ति दिनुपर्छ”,उनले भने। 

नगरपालिकाका कृषि शाखका प्राविधिक तथा बीउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापनका प्रमुख रविन्द्र राईले कृषकलाई दिइएको धान नपसाएपछि आपूर्तिकर्तालाई अनुगमन तथा निरीक्षण लागि बोलाएको जानकारी दिए। “बीउ खरिदका लागि डिजिटल इनावेल सिड म्यानेजमेन्ट सिस्टम (डिजेज) मार्फत प्रक्रिया पुर्याएर खरिद गरेका थियौँ”, उनले भने, “नगरभरिका किसानले लगेको रामधान जातको बीउको उत्पादनमा समस्या देखियो ।”

राईका अनुसार नगरपालिकाले सर्लाहीको श्रीकृष्ण कन्हैया उपभोक्ता सहकारी संस्थाबाट तीन हजार तीन सय ५० किलो बीउ खरिद गरी किसानलाई वितरण गरेको थियो । संस्थाका अध्यक्ष सञ्जयप्रसाद साहले बीउबाट उत्पादनमा समस्या आएको स्वीकार्दै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमअन्तर्गतका प्रतिनिधिलाई कृषकसमक्ष ल्याएर छलफल गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।