नेभिगेशन
सबै कुरा

न्यूराेडका भरियाहरू, जसलाई दसैँले छोएन...

काठमाडौँ  । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । दसैँ लागेका मानिसहरु गोजीभरी पैसा बोकेर न्यूरोडका पसल चहार्दा उनी भने गोजी तातो बनाउने खोजीमा थिए । हामीले उनलाई सोध्यौँ, “दसैँ लाग्या छैन दाजु ?”

Ncell
Extreme Energy

“खोइ सर, लाग्न त लाग्यो तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न  लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दसैँ आयो कसरी भन्नु ?” उनी बिहीबार बिहानै घरबाट निस्किएका थिए, तर दिनभरी नयाँसडक, असन, भोटेबाहलका गल्ली र पसल चाहर्दा पनि काम पाइएको छैन । उनले आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताए । “हिजो अस्ती त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन”, उनले सुनाए । 

धनबहादुरको मन दिनभरी राम्रो आम्दानी नभएपछि खिन्न छ । “विहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन”, उनले भने । 

हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका खत्रीले यही कमाईले घरखर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । खत्रीको घरपरिवार पनि दिउँसोको कमाइले दसैँका सामान किन्ने योजनामा बसेको छ । 

विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएको खत्रीले केही समय रिक्सा पनि चलाए । त्यो पेसाबाट भने जस्तै आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसकेका खत्रीले अहिले पनि ५० देखि ६० लिलोसम्मको भारी बोक्दै हिँड्छन् । 

उनी मात्रै होइन, न्यूरोडमा ज्यामी काम गर्ने ओखलढुङ्गाका ढाकाराज सुनुवारलाई पनि दसैँ लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गरेका उनले पनि खत्रीको जस्तै व्यथा सुनाए ।

फूलपातीको दिन न्यूरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभाष छैन । “खोइ, दसैँ आयो भन्छन् हुने खानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दसैँ मान्नु, तै पनि परम्परा धान्न भए पनि दसैँ त मान्नै परो”, उनले भने । 

नेपालीहरुको महान चाड बडा दसैँको फूलपातीका दिन गाउँ तथा सहरमा पर्वको उल्लास छाइरहँदा खत्री र सुनुवार जस्ता भरियालाई दसैँ आयोभन्दा पनि दसैँका लागि खर्च जोहोकै चिन्ता छ । उनीहरु नाम्लो काँधमा हालेर दुई छाकटार्ने हुटहुटीमा न्यूरोड, असन, इन्द्रचोक महाबौद्धलगायत गल्ली र पसलमा चहारिरहेका छन् । 

सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिकाकारण गाउँ जान नसकेका उनीहरुलाई सहरमा बसेर दसैँ मनाउन पनि सास्ती छ । भरियामध्ये कतिपयत गाउँ फर्किसके । परिस्थितिले परिबन्धनमा परेका केही भरियालाई भने दसैँले यसपाली घर बोलाएन ।

त्यसैले ओखलढुङगाका २५ वर्षीय सुनुवारले जेनतेत यसपाली सहरमै दसैँ मनाउने निधो गरेका रहेछन् । “कमाइ पनि राम्रो छैन, बाटोघाटो पनि त्यस्तै छ, स–साना बालबालिकालाई कच्चीबाटोमा कसरी लैजाने । बरु जे जसरी हुन्छ यो पटक आफ्नो जेथो अनुसारको दसैँ मनाउछौँ”, उनले भने । 

घर बनाउने काम गर्दै आएका अर्घाखाँचीका सुनील रानामगर पनि परिस्थितिले दसैँमा घर जान पाएनन् । “दसैँमा घर जान भने जस्तो पैसा भएन । फेरि दसैँमा अनावश्यक खर्च पनि हुने भएकाले यसपाली घर जान मनले मानेन”, उनले भने ।

रानामगर मात्रै होइन, दोलखाका माइला भुजेलले पनि यसपाली दसैँका लागि घर जाने बसको टिकट काटेनन् । उनले काम गरिरहेको घरमा भर्खरै ताला लागेको छ । श्रीमती र कान्छा छोरा भारतमा उपचारको क्रममा छन् । दसैँमा काठमाडौँमा मजदुरी गरिरहेका उनले भने, “परिवार पनि लाखापाखा छन्, आर्थिक अवस्था पनि त्यस्तै छ, कसरी गाउँ जाने, जे जसो भएपनि सहरमै दिउँसो मजदुरी गरेर साँझ पेट पाल्नुपरेको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटनाको तीन दिन बित्दासमेत पीडित परिवारले न्याय नपाएको बताइन्। उनका अनुसार दुर्घटनापछि परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...

भर्खरै