नेभिगेशन
समाज

पोर्चुगलका नेपालीको समस्यामा परराष्ट्रमन्त्री शिशिरकाे कूटनीतिक पहल: समकक्षी पाउलाेसँग फोन संवाद

काठमाडौँ ।  पोर्चुगलमा रहेका नेपालीहरूको समस्याका विषयलाई लिएर परराष्ट्र मन्त्री शिशिर खनालले  पोर्चुगलका समकक्षी पाउलो रान्जेलसँग फोन संवाद गरेका छन् । 

संवादमा पोर्चुगल मा रहेका नेपाली कामदार तथा आप्रवासीहरूले भोगिरहेका कानुनी समस्यालाई प्राथमिकताका साथ उठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले पोर्चुगलमा रहेका दुई हजारभन्दा बढी नेपाली नागरिकको अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै समाधानका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन् । 

Ncell
Extreme Energy

त्यहाँ रहेका केही नेपालीहरू आफ्ना कागजात वैध हुँदाहुँदै पनि नक्कली छाप (फेक स्ट्याम्प ) प्रयोग भएको आरोपका कारण भोगी रहेको कानुनी जटिलतालाई सहज गरिदिन आग्रह गरेका छन् । 

 विशेष गरी प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजातमा नयाँ दिल्ली स्थित दूतावासबाट प्रमाणीकरण गरिएको भनिएको नक्कली छापका कारण समस्या उत्पन्न भएको जनाइएको छ ।

मन्त्री खनालले उक्त विषयलाई संवेदनशील मान्दै मानवतावादी आधारमा पुनरावलोकन गर्न पोर्चुगल सरकारसँग औपचारिक आग्रह गरेका हुन् । 

जवाफमा मन्त्री रान्जेलले पोर्चुगलमा रहेको नेपाली समुदायको योगदानको प्रशंसा गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावित नेपालीहरूको मुद्दालाई सकारात्मक ढङ्गले समीक्षा गर्ने प्रतिबद्धता जनाए ।

उक्त संवादमा मन्त्री रान्जेलले खनाललाई हालै परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

यसैबिच, दुवै देशका मन्त्रीहरूले नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ र सकारात्मक दिशामा अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेका छन् । उनीहरूले जलविद्युत्, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधि जस्ता क्षेत्रहरूमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा समेत प्रतिबद्धता दोहोर्‍याएका छन् ।

यो संवादले विदेशमा रहेका नेपालीको समस्या समाधानतर्फ कूटनीतिक सक्रियता बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
कोशी एमालेमा ओलीले निम्त्याएको कलह

कोशी एमालेमा ओलीले निम्त्याएको कलह

‘पार्टी संकटमा छ । अध्यक्ष ओली स्वयम् संकटमा छन् । सुनसरीको आगो निभिसकेको छैन । कोशी प्रदेश सिंगै संवेदनशील अवस्थामा छ । तर ओली यस्तो बेलामा पनि गुटबन्दी...
नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकमा पहिरो,  यातायात सेवा प्रभावित

नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।