नेभिगेशन
समाज

पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

बारा । बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु भएसँगै किसानलाई उखु काट्न चटारो बढेको छ। बिहानदेखि साँझसम्म खेतबारीमै खटिएर किसानहरू उखु काट्ने र चिनी मिलसम्म पुर्‍याउने तयारीमा जुटेका छन्। उखु खेती किसानका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको छ भने यसले धेरैको जीवनस्तरमा सुधार ल्याएको उनीहरू बताउँछन्।

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन्। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने ७० रुपैयाँ अनुदान थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था गराएको छ। तर उत्पादन लागत बढेको भन्दै किसानहरूले यो मूल्य अपर्याप्त भएको गुनासो गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किसान प्रतिनिधिहरूले ७५० रुपैयाँ प्रतिक्विन्टल माग गरेका थिए। मूल्य निर्धारणमा सहमति नजुट्दा हरेक वर्ष जस्तै यसपालि पनि किसान प्रतिनिधि र चिनी मिलका प्रतिनिधिबिच किचलो देखिएको छ।

Ncell
Extreme Energy

उखु खेती बाराका किसानका लागि अझै पनि प्रमुख नगदे बालीका रूपमा रहेको छ। उचित मूल्य र समयमा भुक्तानी पाएमा उखु खेतीले ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने किसानहरूको अपेक्षा छ।

नेपालमा उखु लगाउने समय फागुनदेखि वैशाखसम्म पर्छ भने रोपेको करिब १० देखि १२ महिनापछि अर्थात् मङ्सिर देखी फागुनसम्म उखु काट्ने उपयुक्त समय हुन्छ। यही कारण जाडो याम सुरु भएसँगै उखु काट्ने र चिनी मिलमा पठाउने काम तीव्र हुने गर्छ।

ukhukisan_sidhakura16-1770704309.png

ukhukisan_sidhakura14-1770704306.png

ukhukisan_sidhakura13-1770704305.png

ukhukisan_sidhakura11-1770704302.png

ukhukisan_sidhakura12-1770704301.png

ukhukisan_sidhakura9-1770704296.png

ukhukisan_sidhakura10-1770704296.png

ukhukisan_sidhakura8-1770704289.png

ukhukisan_sidhakura7-1770704289.png

ukhukisan_sidhakura5-1770704285.png

ukhukisan_sidhakura6-1770704285.png

ukhukisan_sidhakura4-1770704280.png

ukhukisan_sidhakura3-1770704277.png

ukhukisan_sidhakura-1770704274.png

Full-frame-photo-size-1770704274.png

ukhukisan_sidhakura2-1770704276.png

ukhukisan_sidhakura7-1770704258.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्तव्यस्त छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तोकिएको मितिमा निर्माण सम्पन्न नहुने (तस्विरहरु)

अस्तव्यस्त छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तोकिएको मितिमा निर्माण सम्पन्न नहुने (तस्विरहरु)

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको थियो। आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि महानगरपालिकाले बागमती प्रदेश...
पेट्रोलियमको मूल्य घट्दा व्यवसायीले बन्द गरे पम्प (तस्बिरहरु)

पेट्रोलियमको मूल्य घट्दा व्यवसायीले बन्द गरे पम्प (तस्बिरहरु)

निजी पम्पहरुले विक्रि बन्द गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सञ्चालन गरेको पम्पहरुमा लामो लाइन लागेको छ ।