नेभिगेशन
सबै कुरा

१३ दिनमा खुलेकाे बिपी राजमार्ग पहिरोले पुनःअवरुद्ध

धुलिखेल ।  बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड  बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

Extreme Energy

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि मानवीय क्षति भएको छैन । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।  

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कोप ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डा प्राथमिकतामाः शिशिर खनाल

कोप ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डा प्राथमिकतामाः शिशिर खनाल

बिहीबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा मन्त्री खनालले कोप ३१ मा पर्वतीय एजेन्डा, हानि र नोक्सानी, जलवायु वित्त र जलवायु न्यायको विषयलाई  प्राथमिकताका साथ उठाइने बताएका हुन्...
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।