नेभिगेशन
सबै कुरा

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडीतथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा आजदेखि  सञ्चालन गर्न सफल भएको हो । कार्यालयले आज बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । 

Everest cinsult

राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ । “राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनमार्थ अस्थायी संरचना निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।  रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । यसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय, कटुञ्जे घुमाउनेमा पाँच सय, लास्कोट बेँसीमा दुई सय, चार सय बेँसीमा पाँच सय, गिम्दीबेँसीमा तीन सय, खार्पाचोकबेँसीमा तीन सय र नार्केमा आठ सय मिटर सडक क्षतिग्रस्त भएको थियो । 

यस्तै, पिन्थलीबेँसीमा चार सय, दाउन्नेमा तीन सय, मङ्गलटार बोक्सीकुनामा छ सय, चिउरीबासमा दुई सय, कालढुङ्गामा एक किलोमिटर, डालाबँेसीमा आठ सय, पिप्लको दुई स्थानमा गरी सात सय, बर्खेखोला तीन सय, चालिसेमा चार सय र माम्तीमा आठ सय मिटर सडक पूर्णरुपमा क्षति भएको थियो । बाढीपहिरोले उक्त राजमार्गमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि भोलिपल्टैदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो । राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा रु दुई अर्बभन्दा बढीको क्षति पुगेको प्रमुख योगेशले बताउनुभयो । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक० निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

त्यस्तै उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको...
सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।
प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।
काठमाडौँका पूर्व सीडीओ छवि रिजाललाई  हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाललाई  हाजिर जमानीमा रिहा गर्ने निर्णय

रिजाल जेनजी आन्दोलन भएको समयमा काठमाडौँका सीडीओ थिए । उनीमाथि भदौ २३ को आन्दोलन दवाउन दमन गरेको आरोप छ ।

भर्खरै