नेभिगेशन
सबै कुरा

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । 

उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

Dish Home
Global Ime Bank

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । 

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । 


राष्ट्रपतिले दाइका हातबाट टीका लाउने

राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद लगाउने छन् ।


राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नेछन् ।  


सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?
हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि  कार्यकक्षमै आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर वडा कार्यालयमा काम गरिरहेको अवस्थामा ३–४ जनाको समूहले मोबिल छ्याप्नुका...
थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

श्यामबहादुर दोङ २०७६ साउनदेखि जिल्ला समन्वय समिति मकवानपुरमा, दीपेशप्रसाद कलुवार २०७७ पुषदेखि पर्सागढी नगरपालिका पर्सामा, योगनारायण साह २०७७ चैतदेखि ब्रहम्पुरी गाउँपालिका सर्लाहीमा, रुपचन्द्र धराला २०७८ मंसिरदेखि त्रिपुरासुन्दरी नगरपालिका...
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...

भर्खरै