नेभिगेशन
सबै कुरा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

१६ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको  र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिए ।  निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उनले बताए । गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षातसँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भट’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो ।

Dish Home
Global Ime Bank

 सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताए । यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?
हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि  कार्यकक्षमै आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर वडा कार्यालयमा काम गरिरहेको अवस्थामा ३–४ जनाको समूहले मोबिल छ्याप्नुका...
थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

श्यामबहादुर दोङ २०७६ साउनदेखि जिल्ला समन्वय समिति मकवानपुरमा, दीपेशप्रसाद कलुवार २०७७ पुषदेखि पर्सागढी नगरपालिका पर्सामा, योगनारायण साह २०७७ चैतदेखि ब्रहम्पुरी गाउँपालिका सर्लाहीमा, रुपचन्द्र धराला २०७८ मंसिरदेखि त्रिपुरासुन्दरी नगरपालिका...
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...

भर्खरै