नेभिगेशन
सबै कुरा

त्रिपुरासुन्दरी माईको मन्दीरमा बनाइने दही छ्याप्ने जात्रा (तस्विरहरु)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा बनाइने दही छ्याप्ने जात्रा सम्पन्न भएको छ । एकआपसमा दही छ्यापाछ्याप गरेर यो जात्रा मनाइने गरिन्छ । विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रासम्पन्न भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त  कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवि विष्णु कुमार श्रेष्ठले बताए। महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको श्रेष्ठले बताए । ‘गुठियार, स्थानीयले  भैसीले सधै दुघ दिइरहोस्  र पशुपालन, व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गरिएको हो । ुखासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ’, उनले भने । 

Ncell
Extreme Energy

हनुमान ढोकाको दिगु तलेजुकी सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली बडादसैँको फूलपातीबाट नै सुरु हुने गर्छ । विजयदशमीको फूलापातीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका प्रहरी समुदायले तिन वटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...