नेभिगेशन
सबै कुरा

प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध २ वटा उजुरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । न्यायपरिषद्ले न्यायाधीश सिफारिस गरेका निरौलासहित नित्यनन्द पाण्डेविरुद्ध माग गरिएको उजुरी अवधिमा निरौला विरुद्ध मात्रै दुई उजुरी परेको संसदीय सुनुवाई समितिले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरौला विरुद्धको एक उजुरी कानुनी र अर्को समसामयिक विषयसँग सम्बन्धित रहेको सुनुवाई समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले सिधाकुरालाई बताईन् । उनकाअनुसार सांसदहरुको उपलब्धता हेरेर छिट्टै उजुरी खोल्ने र सुनुपाई प्रक्रिया थालनी गरिने उनको भनाई छ । 

Ncell
Extreme Energy

‘दुईजना मध्ये नृपध्वज निरौला विरुद्ध मात्रै २ वटा उजुरी परेका छन्,’ उनले सिधाकुरासँग भनिन्, ‘एउटा उजुरी कानुनी विषयसँग र अर्को समसामयिक विषयसँग सम्बन्धित छ ।’ 

सहसचिव वस्तीकाअनुसार एक उजुरी समितिमा पीडित आफैँ उपस्थित भएर गरेका हुन् भने अर्को उजुरी इमेल मार्फत आएको थियो । उजुरीको व्यहोरा खोलेपछि मात्रै सार्वजनिक गरिने उनको भनाई छ । 

असोज ११ गतृे बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको रिक्त न्यायधिशमा निरौला र पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेको थियो । सर्वोच्चमा ६ जना न्यायाधिशको पद रिक्त रहे पनि १ र ६ नम्बरको न्यायाधीश नियुक्त गरेर चलखेल गरिएको भन्दै नेपाल बार एशोसिएसनले विरोध जनाएको थियो । न्यायाधीश नियुक्तीमा चलखेल गरेको भन्दै नेपाल बार एशोसिएनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले सार्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्ध लेनदेन गरेर निर्णय गरेको आरोप लगाएका थिए ।

सो प्रकरणमा घिमिरेविरुद्ध सर्वोच्च अदालत प्रशासनले अदालतको अवहेलनामा मुद्दा समेत दायर गरेको छ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...