नेभिगेशन
सबै कुरा

प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध २ वटा उजुरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । न्यायपरिषद्ले न्यायाधीश सिफारिस गरेका निरौलासहित नित्यनन्द पाण्डेविरुद्ध माग गरिएको उजुरी अवधिमा निरौला विरुद्ध मात्रै दुई उजुरी परेको संसदीय सुनुवाई समितिले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरौला विरुद्धको एक उजुरी कानुनी र अर्को समसामयिक विषयसँग सम्बन्धित रहेको सुनुवाई समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले सिधाकुरालाई बताईन् । उनकाअनुसार सांसदहरुको उपलब्धता हेरेर छिट्टै उजुरी खोल्ने र सुनुपाई प्रक्रिया थालनी गरिने उनको भनाई छ । 

Extreme Energy

‘दुईजना मध्ये नृपध्वज निरौला विरुद्ध मात्रै २ वटा उजुरी परेका छन्,’ उनले सिधाकुरासँग भनिन्, ‘एउटा उजुरी कानुनी विषयसँग र अर्को समसामयिक विषयसँग सम्बन्धित छ ।’ 

सहसचिव वस्तीकाअनुसार एक उजुरी समितिमा पीडित आफैँ उपस्थित भएर गरेका हुन् भने अर्को उजुरी इमेल मार्फत आएको थियो । उजुरीको व्यहोरा खोलेपछि मात्रै सार्वजनिक गरिने उनको भनाई छ । 

असोज ११ गतृे बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको रिक्त न्यायधिशमा निरौला र पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेको थियो । सर्वोच्चमा ६ जना न्यायाधिशको पद रिक्त रहे पनि १ र ६ नम्बरको न्यायाधीश नियुक्त गरेर चलखेल गरिएको भन्दै नेपाल बार एशोसिएसनले विरोध जनाएको थियो । न्यायाधीश नियुक्तीमा चलखेल गरेको भन्दै नेपाल बार एशोसिएनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले सार्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्ध लेनदेन गरेर निर्णय गरेको आरोप लगाएका थिए ।

सो प्रकरणमा घिमिरेविरुद्ध सर्वोच्च अदालत प्रशासनले अदालतको अवहेलनामा मुद्दा समेत दायर गरेको छ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...
मनास्लुको स्याउ गोदाममै थन्कियो

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् ।
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।