नेभिगेशन
सबै कुरा

सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने एसपी सञ्जय थापालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार !

काठमाडाैँ। ६१ किलो सुन तस्करीको अनुसन्धानमा लापरवाही गरेको भन्दै कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसपी सञ्जय सिंह थापालाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरिएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा मंगलबार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उत्कृष्ट अनुसन्धानकर्तातर्फ एसपी थापालाई पुरस्कृत गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक सुमा तस्कर समूहले सुन लुकाएर ल्याएको थियो । भन्सार हाता कट्ने बितिक्कै राजश्व अनुसन्धान विभागले ब्रेक सु मा ल्याइएको सुन नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । पछि सरकारले सो तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई सुम्पिएको थियो । सो समयमा प्रमुख अनुसन्धान अधिकृतका रुपमा रहेका एसपी सञ्जय सिंह थापाको कमाण्डमा सुन तस्करीको अनुसन्धान भएको थियो । तर, सो अनुसन्धानमा लापरबाही भएपछि सुन तस्करीको अनुसन्धान गर्न सरकारले २०८० असोज १५ गते सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । 

Ncell
Extreme Energy

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित समितिले थापाको कमाण्डमा भएको अनुसन्धानमा लापरवाही भएको भन्दै थापासहितका केही प्रहरी अधिकृतलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको थियो । कारबाही सिफारिस भएको समयमा एसपी थापा नुवाकोटको प्रहरी प्रमुखको जिम्मेवारीमा थिए।

सुनको अनुसन्धान भइरहेकै समयमा भदौ १५ गते थापालाई नुवाकोट सरुवा गरिएको थियो । तर, चैत १ गते जाँचबुझ आयोगले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझायो । सो प्रतिवेदनले एसपी थापालगायत केही अनुसन्धान अधिकृतले अनुसन्धानमा लापरवाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । लगत्तै चैत २ गते नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थापालाई हेडक्वार्टर तानिएको थियो । 

तिनै थापालाई मंगलबार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार थमाएका हुन् । प्रहरी महानिरीक्षक कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताको विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई पुरस्कृत गरेका छन् ।  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । 

यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन—२०८१ मा प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पुरस्कार प्रदान गरिएको छ । 

नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्याङ्कन ९पुलिस व्याटन० २०८१ अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिलराज बोहरा, काठमाडौँ उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरलाई पनि सम्मान गरिएको छ ।

यस्तै प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्तराम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नवीन चुदालीलाई पनि सम्मान गरिएको छ । 

सोही विधामा प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायब निरीक्षक जोखबहादुर विक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोविन्दबहादुर महतो, प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायब उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायब निरीक्षक जीवनकुमार कार्की र प्रहरी नायब निरीक्षक सुवाष यादवलाई पनि महानिरीक्षक कुँवरले प्रशंसापत्र प्रदान गरे । 

समारोहमा उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायब उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक विजय महतलाई सम्मान गरिएको छ  ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायब निरीक्षक सङ्गीता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई पनि सम्मान गरिएको छ । 

उत्कृष्ट विपद् व्यवस्थापन कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधनकुमार महतो, प्रहरी हवल्दार दीपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दीपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान विमला चौधरीलाई पनि सम्मान गरिएको छ । 

उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेशकुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो । साथै नेपाल प्रहरी स्मारक गुठिका सात जना आजीवन सदस्यलाई कदरपत्र प्रदान गरियो । 

यस्तै महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका विमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, विनसरा पुन, मणिभक्त पुन, मीनबहादुर घर्ती र रूपन्देहीका शैलेन्द्रकुमार चौधरीलाई कदरपत्र प्रदान गरे। अन्य विधाका उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयबाट कदरपत्र प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...