नेभिगेशन
सबै कुरा

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले  हवाई यात्रा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो ।

Ncell
Extreme Energy

दसैँको दुुई दिन अर्थात् असोज  २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवतजावत गरेका छन् । 

यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।  

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका  ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...